गुगल पिक्सेल ६ र ६ प्रो अब इटली र स्पेनमा उपलब्ध हुने

Technology Khabar २२ माघ २०७८, शनिबार

गुगल पिक्सेल ६ र ६ प्रो अब इटली र स्पेनमा उपलब्ध हुने

काठमाडौं ।

गुगलको पिक्सेल ६ तथा ६ प्रो अब इटली र स्पेनमा पनि उपलब्ध हुने भएका छन्।

गत वर्षको डिसेम्बरमा केही देशहरुमा सार्वजनिक गरिएका यी स्मार्टफोनहरु कही समयपछि ९ ओटा देशमा उपलब्ध गराइएका थिए। ती देशमा इटली र स्पेन भने थिएनन्।

अब भने कम्पनीले इटली र स्पेनमा पनि यी डिभाइसलाई सार्वजनिक गर्ने निर्णय गरेको जीएसएमएरिनाले जनाएको छ।

यी दुवै देशमा यी स्मार्टफोनहरु कालो रंगमा मात्र उपलब्ध हुने बताइएको छ।

पिक्सेल ६ को १२८ जीबी स्टोरेज भेरियन्टको ६४९ यूरो तथा पिक्सेल ६ को १२८ जीबी भेरियन्टको ८९९ यूरो मूल्य तोकिएको छ।

गुगलले हाल यी डिभाइसहरु सीमित परिमाणमा उपलब्ध हुने र मार्चमा थप स्टक आउने बताएको छ।

easy care

प्रकाशित: २२ माघ २०७८, शनिबार