टी-मोबाइलले मिड-ब्याण्ड फाइभजी स्पेक्ट्रमका क्षेत्रमा ३ अर्ब डलर लगानी गर्ने

Technology Khabar १८ माघ २०७८, मंगलवार

टी-मोबाइलले मिड-ब्याण्ड फाइभजी स्पेक्ट्रमका क्षेत्रमा ३ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

अमेरिकी दूरसञ्चार सेवा प्रदायक टी मोबाइलले मिड-ब्याण्ड फाइभजी स्पेक्ट्रममा ३ अर्ब डलर लगानी गरेको घोषणा गरेको छ।

३.४५  गिगाहर्जको उक्त मिड-ब्याण्ड स्पेक्ट्रम टी-मोबाइलसँग हाल रहेको अल्ट्रा क्यापासिटी फाइभजीमा थपिएर २१ करोड अमेरिकीसमक्ष पुग्ने बताइएको छ।

टी-मोबाइलले यो वर्ष २६ करोड अमेरिकीसमक्ष अल्ट्रा क्यापासिटी फाइभजी पुर्याउने र सन् २०२३ को अन्त्यसम्ममा ३० करोड समक्ष पुग्ने योजना बनाएको छ।

भेरिजोन र एटीएन्डटी गत महिना सी-ब्याण्ड फाइभजी वायरलेस परिचालन तथा त्यसबाट पर्न जाने असरका हिसाबले विमान कम्पनी र एफएएसँगको विवादका कारण निकै चर्चामा रहेका थिए।

हाल एफएए तथा ती दूरसञ्चार सेवा प्रदायकहरुबीच सम्झाैता भइसकेकाले  उक्त समस्या हल भइसकेको छ।

अक्शन १०७ मार्फत् क्यारियरहरुलाई उपलब्ध गराइएको सी-ब्याण्ड स्पेक्ट्रममा ३.७ गिगाहर्जदेखि ३.९८ गिगाहर्ज ब्याण्डका १४ ब्लक स्पेक्ट्रम रहेका थिए।

अक्शन ११० मार्फत् पाएको टी-मोबाइलको नयाँ स्पेक्ट्रममा ३.४५ गिगाहर्ज ब्याण्डमा औसत २१ मेगाहर्जको मिड-ब्याण्ड स्पेक्ट्रम रहेकाले एफएएको सी-ब्याण्डसम्बन्धी विवादमा पर्नुपरेको थिएन।

easy care

प्रकाशित: १८ माघ २०७८, मंगलवार

ताजा समाचार