रेडमी २२०१११६एसीको पूरा स्पेसिफिकेशन लीक, छिट्टै आउने संकेत

Technology Khabar १७ माघ २०७८, सोमबार

रेडमी २२०१११६एसीको पूरा स्पेसिफिकेशन लीक, छिट्टै आउने संकेत

काठमाडौं ।

रेडमीले आफ्नो के५० सिरिज आगामी फेब्रुअरीमा चीनमा सार्वजनिक गर्ने योजना बनाएको छ।

यसै सिलसिलामा हालै आएको एक रिपोर्ट अनुसार  मोडल नम्बर २२०२१२११आरसी, २२०४१२११एसी, २२०११२११सी तथा २११२१२१०सी चिनियाँ बजारमा क्रमश: रेडमी के५०, के५० प्रो, के५० प्रो तथा के५० गेमिङ एडिशनका रुपमा आउने भएका छन्।

रिपोर्टमा रेडमीको २२०१११६एससी मोडल नम्बरको अर्को स्मार्टफोन पनि चीनमा सार्वजनिक हुने तरखरमा रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

उक्त डिभाइसको पूरा स्पेसिफिकेशन टीना सर्टिफिकेशनमार्फत् सार्वजनिक भएको हो।

रेडमी २२०१११६एससीको स्पेसिफिकेशन

रेडमी २२०१११६एससीमा ९० देखि १२० हर्ज रिफ्रेश रेट सपोर्ट गर्ने ६.६७ को ओएलईडी एफएचडी+ डिस्प्ले रहनेछ।

गिज्मोचाइनाले उल्लेख गरे अनुसार यसमा फाइभजी-रेडी प्रोसेसरका साथमा ६/८/१२ जीबी र्याम तथा १२८/२५६/५१२ जीबीको आन्तरिक स्टोरेज रहनेछ।

यसमा एन्ड्रोइड ११ तथा एमआईयूआईका साथमा पछाडिपट्टि १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहने बुझिएको छ।

easy care

प्रकाशित: १७ माघ २०७८, सोमबार