यी स्मार्टफोनका किबोर्ड एपले प्रयोगकर्ताहरूले टाइप गर्ने सबै विषय ह्याकरहरूलाई लीक गर्ने

Technology Khabar २३ बैशाख २०८१, आईतवार

यी स्मार्टफोनका किबोर्ड एपले प्रयोगकर्ताहरूले टाइप गर्ने सबै विषय ह्याकरहरूलाई लीक गर्ने

काठमाडौं ।

स्मार्टफोन हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग बनेको छ। मानिसहरु आजभोली अधिकांश काम स्मार्टफोनमार्फतनै गर्ने गर्दछन्।

त्यसैले स्मार्टफोनमा ह्याकरहरूले सबैभन्दा धेरै आक्रमण गर्छन्, किनभने यसले तपाईंको व्यक्तिगत विवरणहरू साथै बैंक विवरणहरू समावेश गर्दछ। तर के तपाईलाई थाहा छ यो जति सुविधाजनक छ, त्यति नै खतरनाक पनि छ।

हालै एक रिपोर्टले स्मार्टफोन किवर्डहरू मार्फत ह्याकरले तपाईँको पासवर्ड थाहा पाउने खतरा रहेको औंल्याएको छ।

वास्तवमा, प्रमुख स्मार्टफोन ब्रान्डहरू शाओमी, ओप्पो, भिभोको सम्बन्धमा एउटा चकित पार्ने खुलासा भएको छ, जसमा किबोर्डको स्ट्रोकको साथ फोनमा समावेश बैंकिंग विवरणहरू र सोशल मिडिया पासवर्डहरू चोरी भएको घटना प्रकाशमा आएको छ।

सिटिजन ल्याबद्वारा हालैको अनुसन्धानले लोकप्रिय चिनियाँ किबोर्ड एपहरूमा महत्त्वपूर्ण सुरक्षा कमजोरीहरू उजागर गरेको छ, जसले सम्भावित रूपमा अरबौं प्रयोगकर्ताहरूलाई असर गर्छ।

क्लाउडमा आधारित पिनयिन किबोर्ड एपहरूमा पहिचान गरिएका बगहरूले डिभाइसहरू र क्लाउडहरू बीच प्रसारण हुने प्रयोगकर्ता डाटालाई रोकेर डिभाइसहरू र प्रयोगकर्ता खाताहरूमा ह्याक गर्न ह्याकरहरूलाई अनुमति दिन्छ।

अध्ययनले बाईदू, अनर, ह्वावे, आईफ्लाईटेक, ओप्पो, सामसङ, टेनसेन्ट, भिभो र शाओमी लगायतका प्रमुख विक्रेताहरूबाट पूर्व स्थापना गरिएका एपहरूको विश्लेषणमा केन्द्रित थियो। अचम्मलाग्दो कुरा के छ भने, नौ मध्ये आठ विक्रेताहरूमा गम्भीर कमजोरीहरू फेला परेका थिए, जसले प्रयोगकर्ताको डाटालाई निष्क्रिय नेटवर्क इभ्सड्रपरहरूद्वारा इन्टरसेप्ट गरिएको फेला परेको थियो।

सेक्युरिटी अडिटबाट ह्वावे मात्रै सुरक्षित रहेको देखियो।

ह्याकरहरूले कसरी आक्रमण गर्छन्, यी पाँच बुँदामा ध्यान दिनुहोस्

बैंकिङ भुक्तानी गर्न, सामाजिक मिडिया एपहरूमा लग इन गर्न र स्मार्टफोन मार्फत पासवर्ड प्रविष्ट गर्दा ठूलो खतरा छ।

नयाँ प्रकारको किबोर्ड पनि ठूलो खतरा हो, जसबाट तपाईको लगइन आईडी र पासवर्ड पत्ता लगाउन सकिन्छ।

सिटिजन ल्याबको प्रतिवेदनका अनुसार यस्ता धेरै किबोर्ड एप पहिचान गरिएका छन् जसमा सुरक्षा खतराहरू रहेका छन्।

यी सबै एपहरूले किस्ट्रोकहरू लीक गरिरहेका छन्, जुन शाओमी, ओप्पो, भिभो जस्ता स्मार्टफोनहरूमा प्रयोग भइरहेका छन्।

चीनमा यस्ता किबोर्ड एपहरू सबैभन्दा धेरै प्रयोग गरिन्छ, जसले किबोर्ड स्ट्रोकहरू सर्भरमा राख्छन्।

कुन किबोर्ड एपहरूले खतरा उत्पन्न गर्छन्?

– शाओमी फोनहरूको बाईदू, आईफ्लाईटेक र सोगोउ किबोर्डहरू

– भिभो र ओप्पोको सोगोउ आईएमआई किबोर्डहरू

– अनरको बाईदू आईएमई किबोर्ड

कसरी जोगाउने ? (धोखाधडीबाट आफूलाई कसरी बचाउने)

  • यदि तपाइँ सधैं आफ्नो फोन सुरक्षित राख्न चाहनुहुन्छ भने, यसलाई सधैं अद्यावधिक (अपडेट)मा राख्नुहोस्।
  • डिभाइसमा स्ट्रोक डाटा राख्ने किबोर्ड एपहरू प्रयोग गर्नुहोस्।
  • आफ्नो व्यक्तिगत विवरण कसैसँग सेयर नगर्नुहोस्।
  • आफ्नो स्मार्टफोनमा सधैं पासवर्ड राख्नुहोस्, र यस्तो पासवर्ड अरुले पहिचान गर्न नसक्ने कठिन किसिमको रहेको छ भन्ने सुनिश्चित गर्नुहोस्। (उदाहरणको लागि- #2*3A&tM@P69)
  • अन्य कुनै अनावश्यक लिङ्कमा क्लिक नगर्नुहोस्।
  • फोन कम्पनीद्वारा सिफारिस गरिएका एप्स मात्र डाउनलोड गर्नुहोस्।
easy care

प्रकाशित: २३ बैशाख २०८१, आईतवार