१८ क्यारेट सुनको क्यूआर कोडयुक्त आईफोन १३ प्रो, मूल्य कति पर्ला?

Technology Khabar ५ माघ २०७८, बुधबार

१८ क्यारेट सुनको क्यूआर कोडयुक्त आईफोन १३ प्रो, मूल्य कति पर्ला?

काठमाडौं ।

लक्जरी आइटम निर्माता कम्पनी क्याभियरले पछाडिपट्टि सुनको क्यूआर कोड युक्त आईफोन १३ प्रो बजारमा ल्याएको छ।

कम्पनीले विभिन्न सामग्रीहरुको डिजिटल सिग्नेचर संकलन गर्ने सुविधा प्रदान गर्ने क्रम आईफोन १३ प्रो को पछाडिपट्टि १८ क्यारेटको सुनको क्यूआर कोड उपलब्ध गराएर शुरुवात गरेको हो।

यो कोड स्क्यान गरेपछि बिजनेस कार्ड, वेबसाइट,  सोसल मिडिया ह्याण्डल तथा अन्य जानकारीहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

क्याभियरको यो डिजिटल सिग्नेचर सिरिजमा तीन तहको लक्जरी आइटम रहेको छ। सबैभन्दा सस्तो पीभीडी टाइटानियमयुक्त आईफोन १३ प्रो/ प्रो म्याक्स ब्ल्याक कार्ड भेरियन्ट रहेको छ। यसमा पछाडिपट्टि सुनको क्यूआर कोड राखिएको छ।

अर्को भेरियन्ट क्यूआर म्याट्रिक्स हो जसमा द म्याट्रिक्स सिनेमाबाट प्रभावित भएर ब्ल्याक कार्डको तुलनामा अझ बढी सुनको प्रयोग गरिएको छ।

त्यस्तै यो सिरिजको सबैभन्दा महँगो भर्सन गोल्डेन कार्ड हो। यसको समग्र डिजाइन ब्ल्याक कार्डको जस्तै रहे पनि यो सम्पूर्ण रुपमा सुनले बनाइएको छ।

ब्ल्याक कार्डको मूल्य ६,२२० डलरबाट शुरु भएको छ भने १२८ जीबी स्टोरेजयुक्त पूर्ण रुपमा सुनले बनेको आईफोन १३ प्रोको मूल्य ३५ हजार डलर तोकिएको छ।

यिनिहरुको १ टीबी भर्सनको भने १ हजार डलर थप लाग्ने बुझिएको छ।

easy care

प्रकाशित: ५ माघ २०७८, बुधबार

ताजा समाचार