माइक्रोसफ्टले सर्फेस प्रो ८ ट्याब्लेटमा अब फोरजी एलटीई कनेक्टिभिटी दिने

Technology Khabar २९ पुष २०७८, बिहीबार

माइक्रोसफ्टले सर्फेस प्रो ८ ट्याब्लेटमा अब फोरजी एलटीई कनेक्टिभिटी दिने

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो सर्फेस प्रो ८ ट्याब्लेट फोरजी एलटीई कनेक्टिभिटीका साथमा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले सर्फेस प्रो एक्स तथा सस्तो सर्फेस गो ३ मा समेत अप्शनल एलटीई कनेक्टिभिटी दिइएकामा सर्फेस प्रो ८ मा भने हालसम्म उपलब्ध हुन सकेको थिएन।

तर अब आउने सर्फेस ८ प्रो फर बिजनेस नाममा आउने यो डिभाइसको मोडलमा भने फोरजी एलटीई कनेक्टिभिटी दिइने कम्पनीले जनाएको छ।

यो डिभाइसमा बिल्ट-इन ई-सिम रहने वा यसको नानो सिम स्लटमा फिजिकल कार्ड राख्न मिल्ने बताइएको छ। यसमा फोरजी कनेक्टिभिटी स्न्यापड्रागन एक्स२० मोडममार्फत प्राप्त हुने र यसले १.२ जीबीपीएस डाउनलोडसम्मको क्याट १४ स्पीड सपोर्ट गर्ने जीएसएसएरिनाले उल्लेख गरेको छ।

यो डिभाइस इन्ट्ल कोर आई५-११३५जी७ वा आई७-११८५जी७ राखेर आउने र आफ्नो आवश्यकता र बजेटअनुसार छान्न सकिने बुझिएको छ। यसको आई३ भर्सनमा पनि उपलब्ध हुने तर यसमा भने फोरजी अप्शन नराखिने बताइएको छ।

यसबाहेक यो डिभाइस १२८ र २५६ जीबी आन्तरिक स्टोरेज अप्शनमा उपलब्ध हुने बुझिएको छ। स्टोरेज तथा अन्य स्पेसिफिकेसनका आधारमा मूल्य भने फरक रहनेछ।

easy care

प्रकाशित: २९ पुष २०७८, बिहीबार