देशभर इन्टरनेटको गुणस्तर मापन र ग्राहकहरुको सन्तुष्टि मूल्यांकन गर्दै दूरसञ्चार प्राधिकरण

Technology Khabar १२ पुष २०७८, सोमबार

देशभर इन्टरनेटको गुणस्तर मापन र ग्राहकहरुको सन्तुष्टि मूल्यांकन गर्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा इन्टरनेट सेवाको गुणस्तर र ग्राहकहरुको सन्तुष्टिको मूल्यांकन गर्ने भएको छ। प्राधिकरणले देशभरका ७ ओटै प्रदेशका इन्टरनेट सेवाहरुको गुणस्तर मापन गर्ने भएको छ।

प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, मापन र गुणस्तर विश्लेष्ण गर्ने भएको छ। यसका लागि प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै राष्ट्रियरूपमा परामर्शदाताको आशयपत्र माग गरेको छ।

प्राधिकरणले माग गरेको परामर्शदाताले इन्टरनेटको गुणस्तर तथा ग्राहकहरुको त्यस बारेको प्रतिक्रिया र अनुभव संकलन तथा मूल्यांकन गर्नुपर्नेछ।

त्यसैगरी गुणस्तर परीक्षण तथा मूल्यांकनमा इन्टरनेटको लेटेन्सी, प्याकेट लस्ट, जिटर डाउनलोड तथा अपलोड थ्रोपुटलगायतका विषयहरु मूल्यांकन तथा परीक्षण गर्नुपर्नेछ । यसका साथै इन्टरनेटको गति मापन गर्ने, सिपिई डिभाइसको परीक्षण,लगायतका जानकारीहरु समेटनुपर्नेछ ।

यसबाहेक परामर्शदाताले फिक्स्ड इन्टरनेट ब्रोडब्याण्ड सेवाको प्रयोगकर्ताको संतुष्टि समेत सर्वेक्षण गर्नुपर्ने हुन्छ।

यसको लागि प्राधिकरणले सातै प्रदेशमध्ये केहीका ८ जिल्ला र केहीका ७ जिल्ला समेटेर परीक्षण तथा मूल्यांकन गर्न प्रस्ताव मागेको हो ।

पछिल्लो समय प्राधिकरणले देशभरका स्थानीय निकायहरुमा तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा बिस्तार गरीरहेको छ भने ग्रामीण दूरसञ्चार विकास कोष अन्तरगत विभिन्न प्रदेशहरुमा ब्रोडब्याण्ड इन्टरनेट तथा ब्याकबोन अप्टिकल फाइबर पुर्याईरहेको छ ।

इच्छुक परामर्शदाताले आगामी जनवरी ९ सम्म आशयपत्र पेश गर्न सक्ने छन् ।

आशयपत्रको मूल्यांकन ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताको आधारमा हुनेछ। आशयपत्रको मूल्यांकनका आधारमा शर्ट लिष्टेड फर्महरूलाई प्राविधिक र वित्तिय प्रस्तावका लागि अनुरोध गरिने प्राधिकरणले जनाएको छ। आशयपत्रमा पास हुन कम्तिमा ६० अंक ल्याउनु पर्ने प्राधिकरणले जनाएको छ।

easy care

प्रकाशित: १२ पुष २०७८, सोमबार