एलजी अल्ट्रागियर १७जी९०क्यू कम्पनीको पहिलो गेमिङ ल्यापटप हुने

Technology Khabar ६ पुष २०७८, मंगलवार

एलजी अल्ट्रागियर १७जी९०क्यू कम्पनीको पहिलो गेमिङ ल्यापटप हुने

काठमाडौं ।

कोरियाली टेक कम्पनी एलजीले हालै आफ्नो पहिलो गेमिङ ल्यापटप अल्ट्रागियर १७जी९०क्यू को घोषणा गरेको छ।

यो एउटा प्रिमियम नोटबुक हुने र हाइ-इन्ड स्पेसिफिकेशनले भरिपूर्ण तथा आगामी वर्ष बिक्रीका लागि उपलब्ध हुने बुझिएको छ।

१७जी९०क्यू मा १७.३ इन्चको १९२०x१०८० रेजोल्युशनयुक्त आईपीएस एलसीडी प्यानल रहनेछ। यसबाहेक उक्त डिस्प्लेको रिफ्रेश रेट ३०० मेगाहर्ज, १ मिलिसेकेन्डको रेस्पोन्स टाइम र ९९ प्रतिशत एसआरजीबी कभरेज रहने बताइएको छ।

उक्त डिस्प्लेलाई पावर दिनका लागि ११ औं जेनेरेशनको इन्टेल टाइगर लेक – एच सीपीयू तथा फ्ल्यागशिप एनभिडिया जीफोर्स आरटीएक्स ३०८० म्याक्स-क्यू जीपीयू रहनेछ।

यसबाहेक १६ वा ३२ जीबी र्यामको अप्शन र १ टीबी सम्मको एम.२ एनभीमी स्टोरेज उपलब्ध हुनेछ। यसमा ९३ वाट आवरको ब्याट्री दिइने बुझिएको छ।

कनेक्टिभिटीका लागि तीन ओटा एउटा यूएसबी टाइप सी, हेडफोन, इथरनेट, माइक्रो एसडी स्लटका साथै पावरका लागि डीसी इन पोर्ट राखिएङ्को छ।

easy care

प्रकाशित: ६ पुष २०७८, मंगलवार