एप्पलले फाइभजी कनेक्टिभिटीका साथ सस्तो आईफोन ल्याउँदै, ट्रायल उत्पादन चाँडै सुरु हुने

Technology Khabar ६ पुष २०७८, मंगलवार

एप्पलले फाइभजी कनेक्टिभिटीका साथ सस्तो आईफोन ल्याउँदै, ट्रायल उत्पादन चाँडै सुरु हुने

काठमाडौं ।

एप्पलले आफ्नो बजेट आईफोन एसई सिरिजको नयाँ मोडल चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले हालसम्म एसई सिरिजका दुईवटा आइफोन मोडल मात्र बजारमा ल्याएको छ।

अमेरिकाको टेक्नोलोजी कम्पनी एप्पलले अब आफ्नो बजेट आइफोनको तेस्रो मोडल बजारमा ल्याउने भएको छ, जुन २०२२ को पहिलो अर्धवार्षिकमा जुनसुकै बेला लन्च गर्न सक्ने बताईएकोछ।

एक पछिल्लो लीक रिपोर्टले दावी गरेअनुसार एप्पल आईफोन एसई३ (Apple iPhone SE 3) अप्रिल महिनामा लन्च हुन सक्छ। यससँगै, लीक रिपोर्टमा एप्पलको फोनको ट्रायल उत्पादन चाँडै सुरु हुन सक्ने बताइएको छ। धेरै विक्रेताहरूले आगामी आईफोन एसई मोडेलको लागि पार्टपुर्जाहरू पठाउन थालेका रिपोर्टमा उल्लेख छ।

यदि एप्पल आईफोन एसई ३ को बारेमा लीक रिपोर्टलाई विश्वास गर्ने हो भने, यसमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले दिइनेछ। एप्पलको आगामी फोनमा होम बटनमा फिंगरप्रिन्ट सेन्सर राख्न सक्नेछ। यसको डिजाइनको बारेमा कुरा गर्दा, यो आईफोन एसई २ जस्तै हुनेछ।

यसअघि आईफोन एसई २ मा एप्पलले होम बटनको साथ एलसीडी डिस्प्ले प्रदान गरेको थियो।

एप्पल आईफोन एसई ३ एप्पलको ए१५ प्रोसेसरका साथ आउनसक्ने बताईएकोछ। आईफोन एसई ३ मा ३ जीबी र्याम र ४ जीबी र्याम भएको प्लस भेरियन्टमा उपलब्ध गराउन सकिनेछ। एप्पलको ए१५ प्रोसेसरले फाइभजी कनेक्सनलाई समर्थन गर्दछ। यस्तो अवस्थामा आईफोन एसई ३ कम्पनीको सस्तो फाइभजी स्मार्टफोन हुनेछ। यसका साथै आईफोन एसई ३ मा सिंगल १२ एमपी रियर क्यामरा लेन्स दिइनेछ।

यसअघि जेपीमोर्गनले  नयाँ आईफोन एसई ३ ले लगभग १.४ अर्ब मिड-रेन्जसम्मका एन्ड्रोइड फोन प्रयोगकर्ताहरू र ३० करोड पुरानो आईफोन मोडेल प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सक्नेउल्लेख गरेको थियो।

easy care

प्रकाशित: ६ पुष २०७८, मंगलवार

ताजा समाचार