एन्ड्रोइड १२ गो एडिशनले सस्ता फोनलाई द्रुत र प्रभावकारी बनाउने दावी

Technology Khabar १ पुष २०७८, बिहीबार

एन्ड्रोइड १२ गो एडिशनले सस्ता फोनलाई द्रुत र प्रभावकारी बनाउने दावी

काठमाडौं ।

गुगलले एन्ड्रोइड १२ अझ धेरै डिभाइसमा पुर्याउने उद्देश्यले हालै एन्ड्रोइड १२ गो एडिशनको घोषणा गरेको छ।

आगामी सन् २०२२ मा उपलब्ध भएपछि एन्ड्रोइड १२ को गो एडिशनले सस्ता फोनहरुलाई ३० प्रतिशत बढी द्रुत बनाउने कम्पनीको दावी छ।

यसअघि कम्पनीले ल्याएको एन्ड्रोइड ११ गो एडिशनको भन्दा २० प्रतिशत बढी भएको बताएको छ। यसबाहेक यो एडिशनले मोबाइलको लन्च एनिमेशन पनि अझ राम्रो बनाउने पनि बताइएको छ।

यो अपरेटिङ सिस्टमले प्राय: प्रयोग नभएका एपहरुलाई हाइबरनेट गरेर ब्याट्री लाइफ तथा स्टोरेजलाई जोगाउने बताइएको छ। साथै ‘फाइल्स गो’ को प्रयोग गरेर कुनै पनि फाइल डिलिट गर्ने र ३० दिनपछि फेरि लिन सकिनेछ।

यो अपरेटिङ सिस्टममार्फत् नियरबाइ शेयर अपडेट भएपछि यसले विभिन्न डिभाइसमा एप शेयर गरेर डाटा सेभ गर्छ। यसबाहेक कुनै पनि वेबपेज अनुवाद गर्नुपरेमा रिसेन्ट एप इन्टरफेसमा नयाँ थपिएको शर्टकटमार्फत् गर्न सकिने बताइएको छ।

गुगलले यो घोषणासँगै सन् २०१७ मा शुरु गरेको एन्ड्रोइड गो एडिशन विश्वका २० करोडले चलाउने आँकडाको दावी पनि गरेको छ।

easy care

प्रकाशित: १ पुष २०७८, बिहीबार