भारतमा भोडाफोन आइडियाले गर्यो फाइभजी सेवाको सफल परीक्षण

Technology Khabar १३ मंसिर २०७८, सोमबार

भारतमा भोडाफोन आइडियाले गर्यो फाइभजी सेवाको सफल परीक्षण

काठमाडौं ।

भारतमा देशको तेस्रो नम्बरमा रहेको टेलिकम अपरेटर भोडाफोन आइडियाले शुक्रबार पुणेमा फाइभजीको परीक्षण गरेको छ। यस अवधिमा कम्पनीले ४.१ जीबीपीएस (गिगाबाइट्स प्रति सेकेन्ड) को गति हासिल गर्यो। यो गति २६ गीगाहर्ज स्पेक्ट्रममा परीक्षण गरिएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

हाल भारतीय टेलिकम कम्पनीले तीनवटा क्षेत्रमा परीक्षण गरिरहेको छ।भोडाफोन आइडियाका चीफ टेक्नोलोजी अफिसर जगबिर सिंहले बताएअनुसार ट्रायलको क्रममा कम्पनीले ४.१ जीबीपीएसको गति हासिल गरेको थियो। कम्पनीले फाइभजी ट्रायलका लागि भारतका तीन शहरहरु पुणे, महाराष्ट्र र गान्धीनगर पाएको छ। यसले गान्धीनगरमा नोकियासँग र पुणेमा एरिक्सनसँग परीक्षण गरेको छ।

६ महिनाको लागि विस्तारित परीक्षण

जगबीर सिंहले सरकारले फाइभजी ट्रायललाई ६ महिना थप गरेको बताए । यो मे २०२२ सम्म वा स्पेक्ट्रमको लिलामीसम्म बिस्तार गरिएको छ। जुन चाँडो समय हुन्छ, त्यो मितिसम्म कम्पनीले परीक्षण गर्न सक्छ।

प्रमुख कर्पोरेट अफिसर पी. बालाजीले ट्रायल मेसम्म लम्ब्याइएको तर सरकारले स्पेक्ट्रम लिलामी गर्ने मिति भने नदिएको बताए।

भोडाफोन इन्डियाले यस परीक्षणमा फाइभजीको प्रयोगबाट मेडिकल सुविधा, क्लाउड गेमिङ, पब्लिक सेफ्टी, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा सहज बनाउन सकिने बताएको छ ।

कम्पनीले हाल आफ्नो नेटवर्कलाई बलियो बनाउनमा ध्यान केन्द्रित गरिरहेको छ। आगामी दिनमा आफ्नो नेटवर्क राम्रो हुने कम्पनीको विश्वास छ । फाइभजीको प्रयोगबाट जनताले स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदलगायत क्षेत्रमा सहजै सुविधा पाउने जनाएको छ।

easy care

प्रकाशित: १३ मंसिर २०७८, सोमबार