भिभो वाच २ को फोटो लीक, यस्ता हुनेछन् विशेषता

Technology Khabar १० मंसिर २०७८, शुक्रबार

भिभो वाच २ को फोटो लीक, यस्ता हुनेछन् विशेषता

काठमाडौं ।

चिनियाँ टेक ब्रान्ड भिभोको आउँदै गरेको भिभो वाच २ को फोटो बाहिरिएको छ। कम्पनीले गत सेप्टेम्बरमा यसअघि बजारमा ल्याएको भिभो वाचको उत्तराधिकारीका रुपमा अर्को डिभाइस आउने घोषणा गरेको थियो।

त्यही घोषणा अनुसारको भिभोको दोस्रो जेनेरेशनको स्मार्टवाचको फोटो तथा केही स्पेसिफिकेशन हालै बाहिर आएको छ। यस हिसाबले यो डिभाइस छिट्टै सार्वजनिक हुने आकलन गर्न सकिन्छ।

भिभो वाच २ को फोटोबाट यसको डिजाइन गोलाकार हुने र छाला तथा सिलिकनको स्ट्र्यापसहित आउने बुझिएको छ।

यसबाहेक यसमा हार्ट रेट मनिटरिङ, स्टेप काउन्टर तथा जीपीएस तथा भ्वाइस कल सपोर्ट पनि उपलब्ध हुनेछ। यसअघि उक्त डिभाइस ई-सिम सपोर्ट गर्ने गरी आउने हल्ला चले पनि यसमा त्यस्तो सुविधा देखिएको छैन।

फोटो लीक गर्ने टिप्स्टरले भिभो वाच २ मा ५०१ एमएएचको ब्याट्री उपलब्ध हुने पनि बताएको छ। तर डिजाइन र स्पेसिफिकेशनबारे कम्पनीले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन।

easy care

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार