मोबाइल ब्रोडब्यान्ड: थ्रीजी प्रयोगकर्ता टेलिकमका बढे, एनसेलका घटे

Technology Khabar ७ मंसिर २०७८, मंगलवार

मोबाइल ब्रोडब्यान्ड: थ्रीजी प्रयोगकर्ता टेलिकमका बढे, एनसेलका घटे

काठमाडौं ।

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो २ करोड ५४ लाख ४७ हजार ६८८ पुगेको छ।

यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या २ करोड ५४ लाख ४७ हजार ६८८ पुगेको हो।

यीमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड ७० लाख  ७३ हजार ३०६ रहेको छ। यो सङ्ख्यामा थ्रीजीका प्रयोगकर्ता १ करोड ३ लाख २ हजार ३९८ तथा फोरजीका ६६ लाख ३४ हजार ६५ का साथै ईभीडीओका १ लाख ३६ हजार ५७३ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८३ लाख ४४ हजार १२९ रहेका छन्। यीमध्येथ्रीजीका प्रयोगकर्ता २२लाख ८४ हजार ६४९ तथा फोरजीका ६० लाख ५९ हजार ४८० रहेका छन्।

यस्तै स्मार्ट टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ लाख ६७ हजार ९६ रहेको छ। स्मारट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ।

थ्रीजीमा टेलिकमका प्रयोगकर्ता बढे, एनसेलका घटे

असोज महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या भदाै महिनाको तुलनामा ८९ हजार ६७२ ग्राहक थपेको छ भने सोही अवधिमा एनसेलले भने आफ्ना थ्रीजीका १ लाख ५० हजार ६२६ ग्राहक गुमाएको छ।

भदाै मसान्तसम्म नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता १ करोड २ लाख १२ हजार ७२६ रहेकामा असोज मसान्तमा आइपुग्दा बढेर १ करोड ३ लाख २ हजार ९८ पुगेका छन्।

यसैगरी एनसेलका थ्रीजी ग्राहक भदाै मसान्तसम्म २४ लाख ३५ हजार २५३ रहेकामा असोज मसान्तसम्म आइपुग्दा घटेर २२ लाख ८४ हजार ६४९ मा झरेको छ।

फोरजी: टेलिकम र एनसेल दुवैले थपे, स्मार्टले गुमायो

असोज महिनाभरिमा नेपाल टेलिकम र एनसेल दुवैले फोरजी सेवा लिने ग्राहकहरु भने ३ लाखभन्दा बढी थप्न सफल भएका छन्।

फोरजीका हकमा नेपाल टेलिकमले १ महिनामा ३ लाख ६६ हजार २६ ग्राहक थपेको छ भने एनसेलले पनि ३ लाख ३३ हजार ७०० ग्राहक थप्न सफल भएको छ।

भदाै मसान्तसम्म टेलिकमका फोरजी ग्राहक ६२ लाख ६८ हजार ३९ रहेकामा असोज मसान्तसम्ममा बढेर ६६ लाख ३५ हजार ६४ पुगेका छन्। यसैगरी एनसेलका फोरजी ग्राहक भदाै मसान्तसम्म ५७ लाख २५ हजार ७८० रहेकोमा असोज मसान्तमा आइपुग्दा बढेर ६० लाख ५९ हजार ४८० पुगेको छ।

यो सूचीमा स्मार्ट टेलिकमले भने भदाै मसान्तको तुलनामा आफ्ना ९ हजार ५९० मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता गुमाएको छ। भदाै मसान्तसम्म जम्मा १ लाख ७६ हजार ६८६ ग्राहक रहेकामा असोज मसान्तसम्म आइपुग्दा उक्त सङ्ख्या घटेर १ लाख ६७ हजार २६ मा झरेको प्रतिवेदनले देखाएको छ।

easy care

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

ताजा समाचार