एक किलोमिटरसम्म सिग्नल फाल्ने वाइफाइ फिचर ‘वाइफाइ ह्यालो’

Technology Khabar २ मंसिर २०७८, बिहीबार

एक किलोमिटरसम्म सिग्नल फाल्ने वाइफाइ फिचर ‘वाइफाइ ह्यालो’

काठमाडौं ।

हालै सार्वजनिक भएको वाइफाइ ह्यालो नामक एउटा फिचरले वाइफाइ सिग्नलको रेन्ज बढाउन निकै सहयोग गर्ने बताइएको छ।

वाइफाइ ह्यालोले सेन्सर तथा सेक्युरिटी क्यामराहरुका लागि कम उर्जामा पनि प्रसारण गर्न सक्ने क्षमता राख्ने भएकाले सिग्नलको रेन्ज बढ्ने बुझिएको छ।

पर्खाल छेडेर करिब १ किलोमिटर टाढासम्म पुग्ने सुविधाको दावी गर्दै वाइफाइ एलायन्सले वाइफाइ ह्यालोलाई यही महिना सर्टिफिकेट प्रदान गरिने बताएको छ।

यो नयाँ फिचरले कम उर्जामा लामो रेन्जसम्म वाइफाइ सिग्नल फाल्न सक्ने र यो सब-१गिगाहर्जको स्पेक्ट्रममा सञ्चालन हुने एलायन्सले जनाएको छ।

यस हिसाबले हेर्दा भविष्यमा आउने वाइफाइ स्मार्ट होम डिभाइसहरुले १ किलोमिटरको दूरीसम्म सिग्नल दिनसक्ने आकलन गर्न सकिन्छ।

विश्वमा क्लाउडमा जोडिएका डिभाइसहरु सन् २०२५ सम्ममा ३० अर्बभन्दा बढी पुग्ने आकलनसहित यो फिचर स्मार्ट होम ग्याजेटहरुलाई लक्षित गरेर ल्याइएको बुझिएको छ।

वाइफाइ एलायन्सका अध्यक्ष तथा सीईओ एड्गर फिगुएरोआका अनुसार यो सुविधा होम सेन्सर, सेक्युरिटी क्यामरा तथा कृषिजन्य आईओटी ग्याजेटका लागि सुखद् समाचार भएको बताएका छन्।

भएकाले अमेजन साइडवाक तथा म्याटरले पनि स्मार्ट होम क्याटेगरीमा आउन लागेकाले यो वाइफाइका लागि पनि राम्रो हुने उनको भनाइ छ।

easy care

प्रकाशित: २ मंसिर २०७८, बिहीबार