यूएसबी सी चार्जिङ पोर्टयुक्त पहिलो आईफोन एक्स ईबेमा ८६ हजार १ डलरमा बिक्री

Technology Khabar २६ कार्तिक २०७८, शुक्रबार

यूएसबी सी चार्जिङ पोर्टयुक्त पहिलो आईफोन एक्स ईबेमा ८६ हजार १ डलरमा बिक्री

काठमाडौं ।

स्विजरल्यान्डका एक विद्यार्थीले लाइटनिङ पोर्टलाई परिवर्तन गरेर यूएसबी-सी चार्जिङ पोर्ट राखेको आईफोन एक्स ईबेमा ८६ हजार १ अमेरिकी डलरमा बिक्री भएको छ।

अघिल्लो महिनामात्रै केन पिलोनेल नामका ती रोबोटिक्स बिद्यार्थीले राम्ररी काम गर्ने यूएसबी-सी पोर्टयुक्त आईफोन एक्स प्रदर्शन गरेका थिए। पछि यसलाई ईबेमा लिलामीका लागि राखिएको थियो।

यसको लिलामीको बोली ३ हजार ५०० डलरबाट शुरु भएको र १ लाख डलरसम्म पुगेको र पछि झरेर समय सकिने बेल ८६ हजार १ माअड्किएको बताइएको छ।

पिलोनेलले एप्पललको लाइटनिङ कनेक्टरको इन्जिनियरीङको ठिक विपरीत हुनेगरी अर्को त्यस्तै पोर्ट बनाएर पोर्ट परिवर्तन गरेको बताएका छन्।

सम्बन्धित समाचार

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन एक्स ई-बेको अक्शनमा

easy care

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार