यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन एक्स ई-बेको अक्शनमा

Technology Khabar १८ कार्तिक २०७८, बिहीबार

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन एक्स ई-बेको अक्शनमा

काठमाडौं ।

अघिल्लो महिना स्विजरल्यान्डका एक रोबोटिक्स बिद्यार्थी केन पिलोनेलले राम्ररी काम गर्ने यूएसबी-सी पोर्टयुक्त आईफोन एक्स प्रदर्शन गरेका थिए।

त्यही आईफोन अहिले ई-बेमा अक्शनका लागि उपलब्ध गराइएको छ।

पछिल्लो पटक यसका लागि ३ हजार ९५० डलरको बोली लागिसकेको र बढाबढको प्रक्रिया जारी रहेको बताइएको छ।

हाल चर्चामा रहेको उक्त फोन कालो रंगको आईफोन एक्स रहेको तथा लिलाम बढाबढमा खरिद गर्नेले यसको बक्समात्र प्राप्त गर्ने र कुनै अन्य एसेसरिज नआउने बताइएको छ।

पिलोनेलले यो फोन यसलाई अन्य फोन झैं दैनिक रुपमा प्रयोग गर्न नसकिने साथै यसका डाटा रिस्टोर गर्न वा मेटाउन पनि नसकिने बताएका छन्।

पिलोनेलले उक्त डिभाइस चलाउने सम्पूरण तरिका एउटा यूट्युब च्यानलमा अपलोड गरेका छन्।

जानकारीका अनुसार पिलोनेलले एप्पललको लाइटनिङ कनेक्टरको इन्जिनियरीङको ठिक विपरीत हुनेगरी अर्को त्यस्तै पोर्ट बनाएर लचिलो सर्किट बोर्ड तयार गरे।

त्यसपछि उक्त लाइटनिङ पोर्टलाई आईफोनको ब्याट्री र ट्याप्टिक इन्जिनको बीचमा ठाडो पारेर फिट गरे।

यो सम्पूर्ण प्रक्रिया ओपन-सोर्समा रहेको र यसको पूर्ण जानकारी गिटहब रिपोजिटरीमा उपलब्ध रहेको बताइएको छ।

यसमा हेरेर अरुले पनि आईफोनमा यूएसबी-सी पोर्ट फिट गर्न सक्ने पिलोनेलको दावी छ। उनले आउँदा दिनमा एयर पडमा पनि यूएसबी-सी पोर्ट फिट गर्न प्रयास गर्ने संकेत गरेका छन्।

easy care

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार