एन्ड्रोइड १२ पिक्सेल ३ माथिका मोडलहरुमा उपलब्ध हुँदै

Technology Khabar ३ कार्तिक २०७८, बुधबार

एन्ड्रोइड १२ पिक्सेल ३ माथिका मोडलहरुमा उपलब्ध हुँदै

काठमाडौं ।

गुगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम आफ्ना पिक्सेल सिरिजका स्मार्टफोनहरुमा उपलब्ध गराउने भएको छ।

यसै महिनाको शुरुवातमा  कम्पनीले एन्ड्रोइड १२ आधिकारिक रुपमा सार्वजनिक गरेको थियो। तर आधिकारिक रुपम बाहि आए पनि यो सीमित ब्रान्ड र मोडलहरुका लागि मात्र उपलब्ध गराइएको थियो।

कम्पनीले एन्ड्रोइड १२ को पुरै सोर्स कोड एओएसपी अर्थात् एन्ड्रोइड ओपन सोर्स प्रोजेक्टलाई उपलब्ध गराइसकेको छ।

पिक्सेल स्मार्टफोनहरुमा भने यी अपडेट उपलब्ध गराइएका थिएनन्। कम्पनीले यी अपडेटहरुका लागि पिक्सेल ६ तथा ६ प्रो सार्वजनिक होउन्जेल कुरेको बुझिएको छ। यी सिरिजहरु सार्वजनिक हुने बित्तिकै पिक्सेल ३ देखिमाथिका मोडलहरुका लागि कम्पनीले अपडेट खुलाएको हो।

नयाँ रोलआउटका लागि समग्रमा ९ ओटा पिक्सेल मोडलहरु योग्य रहेका कम्पनीको भनाइ छ। यी हुन् एन्ड्रोइड १२ को नयाँ अपडेट पाउने पिक्सेल डिभाइसहरु:

गुगल पिक्सेल ३

गुगल पिक्सेल ३ एक्सएल

गुगल पिक्सेल ३ए

गुगल पिक्सेल ३ए एक्सएल

गुगल पिक्सेल ४

गुगल पिक्सेल ४ एक्सएल

गुगल पिक्सेल ४ए

गुगल पिक्सेल ४ए फाइभजी

गुगल पिक्सेल ५

गुगल पिक्सेल ५ए

easy care

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

ताजा समाचार