सामसङ नेपालले ल्यायो ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना

Technology Khabar ४ आश्विन २०७८, सोमबार

सामसङ नेपालले ल्यायो ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना

काठमाडौं ।

सामसङ नेपालले दसैं तिहारको शुभअवसरमा ‘छुटको तरंग, दसैं तिहारमा उमंग’ योजना सार्वजनिक गरेको छ।

योजनामार्फत सामसङका टिभि तथा डिजिटल सामाग्रीको खरिदमा आकर्षक छुट पाउन सकिने सामसङले बताएको छ।

ग्राहकहरुले यो योजना अवधिभर सामसङका टिभि, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा अधिकतम ३५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। त्यसै गरी निश्चित उपकरणहरुको निःशुल्क जडानको व्यवस्था पनि गरिएको छ।

दसैं उत्सवको क्रममा आफ्नो घर परिवारको लागि केही नयाँ कुरा जोड्ने इच्छालाई सामसङको यो योजना सहयोगी हुने विश्वास लिएको छ।

सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु अनलाइन खरिद गर्न सकिने कम्पनीले बताएको छ। साथै सामसङका प्लाजा तथा निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी सुविधा पनि रहेको छ।

कम्पनीद्वारा टिभिहरुमा २ वर्ष ९१ वर्ष फूल प्रोडक्ट वारेन्टी र थप १ वर्ष प्यानलमा० वारेन्टी प्रदान गरेको छ। रेफ्रिजेरेटर तथा एसिको डिआइटि कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ भने वासिङ मेसिनको डिआइटि मोटरमा १० वर्षको वारेन्टी रहेको छ।

यो योजना यही असोज १ गते देखि कात्तिक २९ गतेसम्म वा स्टक रहून्जेलसम्मको लागि मात्र लागू हुने सामसङ नेपालले जनाएको छ।

easy care

प्रकाशित: ४ आश्विन २०७८, सोमबार