वनप्लसको आधिकारिक नयाँ शोरुम न्यूरोडमा सञ्चालन

Technology Khabar ४ आश्विन २०७८, सोमबार

वनप्लसको आधिकारिक नयाँ शोरुम न्यूरोडमा सञ्चालन

काठमाडौं ।

वनप्लसको आधिकारिक रिसेलर टेलीसिक्स मोबाइल्सले नयाँ आधिकारीक शोरुम खोलेको छ। टेलीसिक्सले पहिलो पटक वनप्लसका सम्पूर्ण उत्पादनहरु बिक्री गर्नेगरी आईतवार एक कार्यक्रमबा बिच नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

काठमाडौंको पाको न्यूरोडमा रहेको सो शोरुममा कम्पनीले वनप्लसका स्मार्टफोन, स्मार्टवाच, स्मार्टब्याण्ड, आधिकारिक एसेसरिज र ब्राण्डसँग सम्बन्धित सम्पूर्ण सेवाहरु दिने जानकारी दिएको छ।

टेलीसिक्सका संचालक दिपेन्द्र चौलागाईँले नेपालमा पहिलो पटक वनप्लसको आधिकारीक शोरुम सञ्चालन गरिएको र वनप्लसका सबै डिभाइस, ग्याजेट र एसेसरिज उपलब्ध हुने बताए ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई चाहेको समयमा सेवा दिनका लागि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म शोरुम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

कम्पनीले वनप्लसका उत्पादनहरु आफ्नो अनलाइन स्टोरबाट समेत बिक्री गर्ने जनाएको छ।

easy care

प्रकाशित: ४ आश्विन २०७८, सोमबार