दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक

Technology Khabar ३१ भाद्र २०७८, बिहीबार

दसैँमा आइएमई डबलको डबलको डबल अफर सार्वजनिक

काठमाडौं ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। असोज १ देखि कार्तिक २६ गतेसम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ। साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ।

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गरे।

आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समयसमयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका हुने जनाए।

त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गरे ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

ताजा समाचार