‘रोटरी ई–क्लब’को अध्यक्षमा रविनमान बज्राचार्य

Technology Khabar ७ श्रावण २०८०, आईतवार

‘रोटरी ई–क्लब’को अध्यक्षमा रविनमान बज्राचार्य

काठमाडौं ।

डिस्ट्रिक्ट ३२९२, को रोटरी ई-क्लब नेपालले स्क्वायर होटल पुल्चोक ललितपुरमा ११ औं इन्स्टलेशन समारोह सम्पन्न गरेको छ।

पदस्थापना समारोहमा नवनियुक्त अध्यक्ष रविनमान बज्राचार्यले स्थानीय समुदायको आवश्यकता पहिचान गर्ने विषयमा सम्बोधन गरेका थिए। उनले शिक्षामा पहुँच प्रदान गर्ने, स्वास्थ्य सेवा सुधार गर्ने तथा  वातावरणीय समस्याहरू समाधान गर्ने विषयहरुमा ध्यान दिनुपर्ने बताए।

यसैगरी उनले कोलाबोरेटिभ स्कूल नेटवर्कका सह-निर्देशक श्री सगेन्द्र श्रेष्ठलाई भानोदय आधारभूत विद्यालय, सिद्धिपुर, सानोगाउँलाई छात्रवृत्तिको लागि रु. ४२,००० को चेक पनि हस्तान्तरण गरे। समारोहमा रोटरी वर्ष २०२३-२४ का लागि नयाँ बोर्ड सदस्यहरूको पनि पदस्थापन भएको थियो।

प्रमुख अतिथि तथा सहायक गभर्नर रोटेरियन हरिराम कोइरालाले आर.टी.एन. रोटेरियन शिवभक्त राजभण्डारी, रोटरी क्लब अफ पाटनका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठलगायत विभिन्न रोटरी, रोटर्याक्ट, इन्टरेक्ट क्लब, रोटाकिड्स र जिल्लाका विशिष्ट अतिथिहरुको उपस्थितिमा क्लबको ११औँ अध्यक्षमा रविनमान बज्राचार्यले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

त्यस्तै, जिल्ला गभर्नर २०२३-२४ को लागि आरआई डिस्ट्रिक्ट ३२९२ रोटरीयन राजेन्द्रप्रसाद धोजुले पनि आफ्नो उद्देश्य पूरा गर्नका लागि विभिन्न जिल्ला लक्ष्य घोषणा गरेर ‘आशाको ज्योति’ भन्ने विषयलाई उल्लेख गरेका छन्। अध्यक्ष बज्राचार्यले डिस्ट्रिक्टको निर्धारित लक्ष्य पूरा गर्न अधिकतम् पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

रोटरी ‘आत्मभन्दा माथि सेवा’ भन्ने नाराका साथ विश्वभर फैलिएको मानवीय संस्था हो। यो रोटरी वर्ष, आरआई अध्यक्ष गोर्डन आर म्याकइनलीले आफ्नो विषयवस्तुलाई ‘Create Hope in the World’ र विश्वभर फैलिएका मानसिक स्वास्थ्य चुनौतीहरूलाई सुधार र सम्बोधन गर्ने परिकल्पना गरेको छ।

easy care

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

ताजा समाचार