चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला हुँदै

Technology Khabar ७ पुष २०७९, बिहीबार

चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला हुँदै

काठमाडौं ।

यहि पुष ८ गते तथा ९ गते पार्क सफारी रिर्सोट, सौराहा, चितवनमा नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रिय कार्य समितिको सहभागितामा अटोमोवाइलको वर्तमान परिस्थिती सम्बन्धमा दुई दिने बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।

सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएशनहरुविच नेपालको समग्र अटोमोवाइल क्षेत्रले बर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एल सी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफलगरी आवश्यक निर्णय गर्ने बताईएको छ।

नाडाले मिति २०७९ मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो।

सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथि उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्ष निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुती समेत दिनेछन्। सोही क्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दै सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम सम्पन्न हुनु भन्दा अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने जनाएको छ।

Sajilo Visa

प्रकाशित: ७ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार