एप एनी र यसका सह संस्थापकमाथि डाटा किर्तेसम्बन्धी मुद्दा, १ करोड डलर तिर्नुपर्ने

Technology Khabar ३० भाद्र २०७८, बुधबार

एप एनी र यसका सह संस्थापकमाथि डाटा किर्तेसम्बन्धी मुद्दा, १ करोड डलर तिर्नुपर्ने

काठमाडौं ।

अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन एसईसीले अग्रणी मोबाइल डाटा विश्लेषण संस्था एप एनी तथा त्यसका सीईओमाथि सुरक्षा किर्तेसम्बन्धी मुद्दा दायर गरेको छ।

एप एनी तथा यसका सह संस्थापक, अध्यक्ष र सीईओको जिम्मेवारी पाएका बर्ट्रान्ड स्मिटले यो उनीहरुमाथि लागेको ‘धोकाधडीका क्रियाकलाप तथा एप एनिको वैकल्पिक डाटा लिने क्रममा भएको बदमाशी’ सम्बन्धी मुद्दा सुल्झाउन १ करोड डलर तिर्न तयार रहेको एसईसीले जनाएको छ।

एप एनी डेभलपर, पब्लिशर, विज्ञापनदाता तथा बजार व्यवस्थापकलाई आवश्यक पर्ने विवरणसहितको मोबाइल एप पर्फर्मेन्स डाटा बिक्री गर्ने अग्रणी कम्पनी हो।

यसमा एपहरु कति पटक डाउनलोड भए, कति समय प्रयोग भए, यिनहरुमार्फत् कति आम्दानी भयो लगायतका अन्य प्रतिस्पर्धात्मक अध्ययन र विश्लेषणसहितको विवरण उपलब्ध हुन्छ।

गरेका छन्। यसका विवरण उनीहरुका आर्थिक लगत तथा अन्य परम्परागत डाटा स्रोतमा उल्लेख गरिएको हुँदैन।

एप एनीले आफ्ना एप निर्मातालाई उनीहरुका डाटा तेस्रो पक्षलाई प्रत्यक्षरुपमा उपलब्ध नगराउने तर एपका बारेमा थाहा दिनका लागि यी डाटाहरुलाई समग्र तथा नाम रहितको बनाएर उपलब्ध गराउने बताउँदै आएको छ।

विशेषगरी एप एनीले कम्पनीहरुलाई उनीहरुका डाटा एपको प्रदर्शनबारे अनुमान तयार गर्नका लागि तथ्याङ्कीय मोडल बनाउनका लागि प्रयोग गर्न सकिने बताउँदै आएको छ।

एसईसीले भने सन् २०१४ देखि २०१८ को मध्यसम्म एप एनीले समग्र नगरिएको र नामसमेत चिनिने गरि बिक्री गरेको आरोप लगाएको छ। यसबाहेक कम्पनी र यसका अध्यक्षले आफ्ना उपभोक्ताको सहमतिमै डाटा लिएको भनेर ग्राहकहरुलाई ढाँटेको पनि आरोप छ। यसले डाटा शेयरिङसम्बन्धी कानूनको उल्लङ्घन भएको बताइएको छ।

अनुसन्धानका क्रममा एप एनीका बेइजिङका इन्जिनीयरहरुलाई स्मिटले नै सबै डाटालाई तोडमोड गर्न लगाएको पाइएको पनि एसईसीले जानकारी दिएको छ।

एजेन्सीका साथमा

easy care

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

ताजा समाचार