एनसेलका सीईओ एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’, कम्पनी बन्यो सामाजिक उत्तरदायी टेलिकम

Technology Khabar २५ भाद्र २०७८, शुक्रबार

एनसेलका सीईओ एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’, कम्पनी बन्यो सामाजिक उत्तरदायी टेलिकम

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड हात पारेका छन्।

बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि एनसेलका सीईओ चोङलाई लिडरसीप विधामा ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड प्रदान गरेको हो।

नेपालसहित सो बिधा अन्य शिर्षकहरुमा ६ देशका अन्य कम्पनीहरुका अधिकारीहरुले अवार्ड हात पारेका हुन्।

तर टेलिकम बिधामा भने एनसेलका सीईओ चोङले बाजी मारेका हुन्।

यसका साथै ग्लोबल बिजनेस आउटलुकले एनसेललाई नेपालको सबैभन्दा सामाजिक उत्तरदायीत्व बहन गर्ने टेलिकम कम्पनीको रुपमा समेत अवार्ड प्रदान गरेको छ। एनसेललाई ‘मस्ट सोशियल्ली रेस्पोन्सिबल टेलिकम’ अवार्ड दिएको हो।

एन्डी चोङ सन् २०१९ नोभेम्बरमा एनसेलको सीईओको रूपमा नियुक्त भएका हुन् । उनी सन् २००८ देखि आजियाटा ग्रुपमा आवद्ध भएका हुन्।

उनी सन् २०१६ मा इन्टेरिम चीफ कमर्सियल अफिसरको रुपमा आजियाटाको एनसेलमा पुनः जोडिएका थिए। चोङले सन् २०१९ को मेमा सीसीओका साथै कार्यबाहक सीईओको भूमिका पनि निर्वाह गरेका थिए।

व्यवस्थापनमा एमबीए गरेका चोङले कम्प्युटर सिस्टम र इलेक्ट्रोनिक्समा ब्याचलरमा इन्जिनियरिङ गरेका छन् । उनीसँग टेलिकम्युनिकेसन, आईटी/टेक्नोलोजी र इलेक्ट्रोनिक्सको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ।

easy care

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

ताजा समाचार