मिडियाटेक चिपसेटयुक्त रियलमी ८एस फाइभजी र ८आई सेप्टेम्बर ९ मा सार्वजनिक हुने

Technology Khabar १७ भाद्र २०७८, बिहीबार

मिडियाटेक चिपसेटयुक्त रियलमी ८एस फाइभजी र ८आई सेप्टेम्बर ९ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले ८ सिरिजका दुई स्मार्टफोन रियलमी ८ एस फाइभजी तथा ८ आई सार्वजनिक गर्ने भएको छ।

गत मार्चमा यो सिरिजको रियलमी ८ र ८ प्रो बजारमा ल्याएको कम्पनीले आगामी सेप्टेम्बर ९ मा सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको हो।

सञ्चारमाध्यमका लागि एउटा प्रेस नोट जारी गर्दै कम्पनीले आउँदै गरेको ८आई मोडलमा मिडियाटेकको हिलियो जी९६ चिपसेट रहने तथा १२० हर्जको रिफ्रेश रेटसहितको स्क्रीन रहने जानकारी दिएको छ।

यस्तै ८एस फाइभजीमा नामजस्तै फाइभजी मोडेम रहने र यो मिडियाटेकको डाइमेन्सिटी ८१० चिपसेटयुक्त पहिलो फोन हुने बताएको छ।

कम्पनीले यी दुवै स्मार्टफोनमा डाइनामिक र्याम एक्सपान्सन अर्थात् डीआरई रहने र यसमार्फत् यूजरले फोनको आन्तरिक स्टोरेजलाई र्यामका रुपमा प्रयोग गर्न सक्ने बताएको छ।

रियलमी ८आईमा ६.५९ इन्चको फुल एचडी+ डिस्प्ले रहेको छ र यसमा १६ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा राखिएको छ। पछाडि भने ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको छ।

यसमा ४ जीबी र्याम, १२८ जीबी यूएफएस २.२ आन्तरिक स्टोरेज रहेको छ। पावरका लागि ५००० एमएएच ब्याट्री तथा सफ्टवयरमा एन्ड्रोइड ११ मा आधारित रियलमी यूआई २.० रहेको छ।

easy care

प्रकाशित: १७ भाद्र २०७८, बिहीबार