सामसङद्वारा थम ब्राउन एडिशन ग्यालेक्सी जेड फोल्ड ३, फ्लिप ३ र वाच४ क्लासिक सार्वजनिक

Technology Khabar २८ श्रावण २०७८, बिहीबार

सामसङद्वारा थम ब्राउन एडिशन ग्यालेक्सी जेड फोल्ड ३, फ्लिप ३ र वाच४ क्लासिक सार्वजनिक

काठमाडौं ।

सामसङले हालै थम ब्राउन एडिशनको नयाँ ग्यालेक्सी जेड फोल्ड ३, ग्यालेक्सी जेड फ्लिप३ तथा ग्यालेक्सी वाच४ क्लासिक डिभाइसहरु सार्वजनिक गरेको छ।

ग्यालेक्सी जेड फोल्ड३ र जेड फ्लिप३ स्मार्टफोनमा सेतो म्याट फिनिसका साथमा ‍चम्किलो चाँदी रंगको बोर्डर दिइएको छ। यसबाहेक थम ब्राउनको थिम अनुसारको रातो र खैरो धर्का पनि रहेको छ।

थम ब्राउन एडिशन ग्यालेक्सी जेड फोल्ड३ र ग्यालेक्सी जेड फ्लिप३ किन्दा एउटा विशेष बन्डल पनि प्राप्त हुनेछ जसमा एस पेन प्रो, ग्यालेक्सी बड्स२, तीन ओटा फरक रंगका स्ट्यापसहित ग्यालेक्सी वाच४ का साथै वायरलेस चार्जर समावेश भएको हुनेछ।

यी सबै अतिरिक्त सामान तथा डिभाइसहरु यो वर्षका लागि थम ब्राउनको थिमसङ्ग मिल्नेगरी बनाइएका छन्।

यसका साथै ती फोन र ग्यालेक्सी बड्स२ लाई सुहाउने लेदर केश पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

सामसङले ग्यालेक्सी वा४ क्लासिकलाई पनि थम ब्राउन थिममै उपलब्ध गराएको छ। यो एडिशनमा वाचभित्रै थम ब्राउनको लोगो कुँदिएको छ।

ग्यालेक्सी जेड फोल्ड३ तथा जेड फ्लिप३ कासाथै ग्यालेक्सी वाच४ केही निश्चित बजार र परिमाणमा अगस्ट ११ देखि प्रि-अर्डरका लागि उपलब्ध रहेको जनाइएको छ।

easy care

प्रकाशित: २८ श्रावण २०७८, बिहीबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार