वाइफाइ र फाइभजीयुक्त सामसङ ग्यालेक्सी ट्याब एस७ एफई अमेरिकामा सार्वजनिक

Technology Khabar २१ श्रावण २०७८, बिहीबार

वाइफाइ र फाइभजीयुक्त सामसङ ग्यालेक्सी ट्याब एस७ एफई अमेरिकामा सार्वजनिक

काठमाडौं ।

सामसङले सस्तो मूल्यको फ्ल्यागशिप ट्याब्लेट ग्यालेक्सी ट्याब एस७ एफई सार्वजनिक गरेको थुप्रै हप्तापछि आजबाट अमेरिकामा पनि उपलब्ध गराएको छ।

यो डिभाइस वाइफाइ तथा फाइभजी गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। वाइफाइ भेरियन्टमा स्न्यापड्रागन ७७८जी तथा फाइभजी भेरियन्टमा स्न्यापड्रागन ७५०जी चिपसेट राखिएको हुनेछ।

चिपसेटबाहेक अन्य स्पेसिफिकेशन भने उस्तै छ। दुवै भेरियन्टको ग्यालेक्सी ट्याब एस७ एफईमा १२.४ इन्चको २५६०X१६०० पिक्सेल रेजोल्युशनयुक्त एलसीडी स्क्रीन दिइएको छ। यसका साथै ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज उपलब्ध रहेको छ।

यसलाई पावर दिन १० हजार ९० एमएएचको ब्याट्री राखिएको छ भने पछाडि ८ मेगापिक्सेल तथा अगाडि ५ मेगापिक्सेलको क्यामरा राखिएको छ। यसमा एस पेन पनि बक्समै आउनेछ तर कीबोर्ड भने दिइएको छैन।

अमेरिकामा आजदेखि उपलब्ध यो डिभाइसको वाइ फाइ मक्षडल ५३९ डलर तथा फाइभजी मोडल ६६९ डलरमा किन्न सकिनेछ।

easy care

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार