ओपोद्वारा नयाँ चार्जिङ प्रविधिको विकास

Technology Khabar ८ श्रावण २०७८, शुक्रबार

ओपोद्वारा नयाँ चार्जिङ प्रविधिको विकास

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले नयाँ चार्जिङ प्रविधि विकास गरेको घोषणा गरेको छ। यो प्रविधिले फास्ट चार्जिङका बेला ब्याट्रीको सुरक्षा गर्ने बताइएको छ।

ओपोको दावी अनुसार यसले हार्डवयर र एआई सफ्टवयर प्रयोग गरेर १५०० पटक चार्ज गर्दा ब्याट्रीको अवस्था २० प्रतिशत मात्रै बिग्रिएको थियो।

सामार्य फास्ट चार्जिङ प्रविधि प्रयोग गर्दा यो क्षति ३०० प्रतिशत हुने भएकोले आफ्नो प्रविधि विश्वासिलो रहेको कम्पनीको बुझाइ छ।

यसमा एउटा ब्याट्रीभित्र दुई ओटा सेल राखिएको छ र त्यसबाहिर पोलिमरको एक तह राखेर दुवै सेलले भिन्दाभिन्दै काम गर्ने बनाइएको छ।

यसमा एउटा ब्याट्री सेफ्टी चिप पनि राखिएको छ जुले भोल्टेजमा आएको गडबडीलाई सम्हाल्छ।

easy care

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

ताजा समाचार