ह्वावे पी५० सिरिज विश्वव्यापी रुपमा उपलब्ध हुने कम्पनीको पुष्‍टि

Technology Khabar ७ श्रावण २०७८, बिहीबार

ह्वावे पी५० सिरिज विश्वव्यापी रुपमा उपलब्ध हुने कम्पनीको पुष्‍टि

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो आउँदै गरेको र धेरै चर्चा भएको पी५० सिरिजको स्मार्टफोन विश्वव्यापी रुपमा उपलब्ध हुने आधिकारिक जानकारी दिएको छ।

ह्वावेले आगामी जुलाई २९ का दिन पी५० सिरिज स्मार्टफोन सार्वजनिक गर्ने पनि आधिकारिक जानकारी दिएको छ।

यी स्मार्टफोनहरुका बारे धेरै चर्चा चले पनि कम्पनीले चीनमा मात्र सीमित नभएर विश्वभरी नै उपलब्ध हुने बताएको छ। यो कुराको आधिबारिक पुष्टि कम्पनीको फिनल्यान्ढ शाखाले गरेको हो।

कम्पनीले आफ्नो इकोसिस्टम विकास गरिरहेको र यस अघि नै लगभग १३४००० एपहरु उपलब्ध भएको तथा ४० लाख डेभलपरहरुले हार्मोनीओएस प्लेटफर्ममा साइन अप गरिसकेको दावी पनि गरेको थियो।

हालै एउटा आधिकारिक टिजरमार्फत् कम्पनीले ह्वावे पी५० फोनहरुमा लिइकाका क्यामरा रहने र कम्तीमा एउटा मोडलमा एफ/३.४ अपर्चरसहितको १२५ मिलिमिटरको पेरिस्कोप लेन्स उपलब्ध हुने बताएको छ।

यो लेन्स यसअघि पी४० प्रो र मेट ४० प्रो मा प्रयोग गरिएका थिए भने पी५० सेन्सर चाहिँ नयाँ आउने चर्चा चलेको तर आधिकारिक रुपमा पुष्टि भइसकेको छैन।

easy care

प्रकाशित: ७ श्रावण २०७८, बिहीबार