एप्पलले सूचीबद्ध गर्यो मुटुमा राखिने पेसमेकरलाई हानी पुर्याउने उत्पादनहरु

Technology Khabar १६ असार २०७८, बुधबार

एप्पलले सूचीबद्ध गर्यो मुटुमा राखिने पेसमेकरलाई हानी पुर्याउने उत्पादनहरु

काठमाडौं ।

केही समयअघि अमेरिकी मुटु संघ एएचएलेआईफोनमा वायरलेस चार्जिङका लागि प्रयोग गरिँदै आएको म्यागसेफ प्रविधि पेसमेकर प्रयोग गरिरहेका मुटुरोगीका लागि जोखिमयुक्त हुने बताएको थियो।

संघले एउटा चेतावनी जारी गर्दै म्यागसेफले पेसमेकर प्रयोगकर्ताको स्वास्थ्यमा निम्त्याउन सक्ने जोखिमा बारेमा जानकारी दिएको थियो।

तर हालै अमेरिकी कम्पनी एप्पलले आफूले प्रयोग गरेको प्रविधिबाहेक पनि पेसमेकरलाई हानी पुर्याउन सक्ने थुप्रै उत्पादनहरु रहेको भन्दै तिनीहरुको सूची निकालेको छ।

कम्पनीनीले यो सूचीमा रहेका उत्पेपादनले समेकर लगायत शरीरमा राखिने अन्य उपकरणलाई हानी पुर्याउने दावी गरेको छ ।

यो सूचीमा एप्पल आफ्ना थुप्रै र्चित उत्पादनका साथमा अन्य ब्रान्डका केही उत्पादनहरु पनि अटाएका छन्।

यस्ता छन् उत्पादनहरु

एप्पल

एप्पलका एयरपड, एयरपड प्रो, एयरपड म्याक्स तथा तिनमा प्रयोग हुने वायर्ड तथा वायरलेस चार्जिङ केस र स्मार्टकेस,  एप्पल वाच र तिनका चुम्बकीय ब्याण्ड र चार्जिङ उपकरणहरुका साथै होमपड, होमपड मिनी  परेका छन्।

यसैगरी आईप्याड, आईप्याड मिनी, एयर, प्रो का साथमा तिनीहरुका स्मार्ट कभर तथा फोलियो, स्मार्ट तथा म्याजिक कीबोर्ड लगायतका एसेसरिज रहेका छन्।

धेरै कन्जुमर इलेक्ट्रोनिक्स उपकरणहरुमा चुम्बक लगायतका वस्तु हुन्छन्, जसले शरीरमा प्रत्यारोपण गरिएका मेडिकल डिभाइसहरुलाई असर पार्दछन् ।

यो सूचीमा म्यागसेफ एसेसरिज, आईफोन १२, म्याक मिनी,  प्रो तथा म्याकबुक एयर,  म्याकबुक प्रो, आईम्याक तथा एप्पल प्रो डिस्प्ले एक्सडीआर पनि अटाएका छन्।

अन्य ब्रान्ड

यो सूचीमा एप्पलले आफ्ना बाहेक अन्य ब्रान्डका डिभाइसमा पनि यस्तो समस्या भेटेको छ। उसले यो समस्या भेटेकोमा चर्चित ब्रान्ट बिट्सको बिट्स फ्लेक्स, बिट्स एक्स पावर बिट्स प्रो र योरबि्ट्स३ डिभाइसहरु रहेका छन्।

एजेन्सीका साथमा

easy care

प्रकाशित: १६ असार २०७८, बुधबार