अनरको म्याजिक३ सिरिज स्न्यापड्रागन ८८८+ चिपसेटसहित आउने पक्का

Technology Khabar १६ असार २०७८, बुधबार

अनरको म्याजिक३ सिरिज स्न्यापड्रागन ८८८+ चिपसेटसहित आउने पक्का

काठमाडौं ।

क्वालकमले हालै मात्र सार्वजनिक गरेको अत्याधुनिक र शक्तिशाली स्न्यापड्रागन ८८८+ चिपसेट केही स्मार्टफोन निर्माताहरुले प्रयोगका लागि सम्झाैता गरिसकेका छन्।

अत्याधुनिक र शक्तिशाली स्न्यापड्रागन ८८८+ चिपसेट प्रयोग गर्नेमध्ये एउटा कम्पनी अनर रहेको छ।

गत वर्ष माउ कम्पनी ह्वावेबाट छुट्टिएर स्वतनत्र ब्रान्डका रुपमा अगाडि आएको कम्पनीको यो महत्वपूर्ण छलाङ हो।

अनरको प्रडक्ट लाइनका अध्यक्ष फ्याङ फेइले उक्त नयाँ चिपसेट कम्पनीको आउँदै गरेको म्याजिक३ सिरिजको स्मार्टफोनमा प्रयोग गरिने बताएकी छिन्।

‘उक्त प्लेटफर्मको शक्तिशाली प्रदर्शन तथा एआईको क्षमताले अनरलाई सबैभन्ला धेरै फिचर माग गर्ने यूजरको माग पनि सम्बोधन गर्न सक्ने मोबाइल अनुभव प्रदान गर्न अनरलाई सघाउ पुर्याउँछ, फेइले एउटा विज्ञप्तिमा भनिन्।

यो घोषणा ह्वावेबाट स्वतन्त्र भएपछि अमेरिकी कम्पनीहरुसँग सुमधुर सम्बन्ध कायम गर्नका लागि अनरको लागि राम्रो अवसर हो।

यो घोषणा आगामी अनर फोनहरु गुगल मोबाइल सर्भिससहित आउने पक्का भएङ्को दुई हप्तापछि आएको छ।

अत्याधुनिक चिपसेटसहित आउने अनर म्याजिक३ सिरिज फ्ल्यागशिप स्मार्टफोन हुने र यसले बजारमा उपलब्ध उच्च क्षमतायुक्त स्मार्टफोनहरुका लागि राम्रै प्रतिस्पर्धा सिर्जना गर्ने देखिन्छ।

easy care

प्रकाशित: १६ असार २०७८, बुधबार

ताजा समाचार