लेनोभोद्वारा पोर्टेबल मनिटर पनि बनाउन मिल्ने १३ इन्चको एन्ड्रोइड ट्याब्लेट घोषणा

Technology Khabar १५ असार २०७८, मंगलवार

लेनोभोद्वारा पोर्टेबल मनिटर पनि बनाउन मिल्ने १३ इन्चको एन्ड्रोइड ट्याब्लेट घोषणा

काठमाडौं ।

लेनोभोले १३ इन्चको योगा ट्याब १३ को घोषणा गरेको छ।

यो डिभाइस गत वर्ष चीनमा सार्वजनिक भएको योगा प्याड प्रो को ग्लोबल भर्सन हो जसको शुरुवाती मूल्य ६७९ डलर तोकिएको छ।

यो ट्याब्लेटलाई ल्यापटप, निन्टेन्डो स्विच वा कुनै पनि एचडीएमआई डिभाइसको बाहिरी स्क्रीन वा मनिटरका रुपमा पनि प्रयोग गर्न सकिन्छ।

यसमा स्टेनलेस स्टीलको अट्याच्ड स्ट्यान्ड दिइएको छ जसको आडमा यसलाई १८० डिग्रीसम्म घुमाउन सकिन्छ।

यसबाहेक भित्तामा झुण्ड्याउन वा टेबलमा अड्याउन मिल्ने यो ट्याब्लेट यो गृष्मऋतुमा सार्वजनिक हुनसक्ने धेरै डिभाइसमध्येको एक हो। यसपाला यो ट्यबासँगै कम्पनीले योगा ट्याब ११, ट्याब पी११ प्लस तथा सस्तो मूल्यको ट्याब एम७ र ट्याब एम८ सार्वजनिक गर्ने योजनामा छ।

ट्याब १३ ले लेनभोको प्रिसिजन पेन २ सपोर्ट गर्छ भने यसमा ८ मेगापिक्सेलको क्यामरा दिइएको छ जसलाई कम्पनीले स्मार्टर लग इनका लागि उपयोग हुने बताएको छ।

यसबाहेक कम्पनीले यसको ब्याट्री १२ घण्टासम्म चल्ने र यसको डिस्प्ले अधिकतम ४०० निट्सको ब्राइटनेश दिने १०८० पिक्सेलको रहने दावी गरेको छ।

easy care

प्रकाशित: १५ असार २०७८, मंगलवार

ताजा समाचार