विन्डोज ११ का विवरण लीक, नयाँ यूआई र स्टार्ट मेनुसहित के के छन् विशेषता?

Technology Khabar ३ असार २०७८, बिहीबार

विन्डोज ११ का विवरण लीक, नयाँ यूआई र स्टार्ट मेनुसहित के के छन् विशेषता?

काठमाडौं ।

माइक्रोसफ्टको विन्डोज ११ को विवरण लीक भएको छ। चिनियाँ साइट बाइदुमा यसका केही स्क्रीनशटहरु सार्वजनिक भएका थिए जसमा नयाँ यूजर इन्टरफेस तथा स्टार्ट मेनुबाहेक थुप्रै परिवर्तन हरु देख्न सकिन्थ्यो।

यूजर इन्टरफेस तथा स्टार्ट मेनु विन्डोज १०एक्सको जस्तै देखिन्थ्यो भने झट्ट हेर्दा यसको टास्कबारमा नयाँ परिवर्तनहरु देख्न सकिन्छ जसमा एप आइकनहरुलाई बीचमा राखिएको, ट्रे एरिया खाली थरिएको तथा नयाँ स्टार्ट बटन र मेनु पनि दिइएको छ।

यसको स्टार्ट मेनु विन्डोज १० मा भएकोको साधारण भर्सन हो जसमा लाइभ टाइल उपलब्ध छैन। यसमा पिन गरिएका एप, रिसेन्ट फाइल तथा शट डाउन/रिस्टार्ट बटन समावेश छ।

डार्क मोड उपलब्ध विन्डोज ११ को स्टार्ट पूर्णरुपमा नयाँ नभइ विन्डोज १० को प्रशोधित भर्सन हो। माइक्रोसफ्टले कर्नरमा बाटुलो आकारको प्रयोग गरेको छ जुन कन्टेक्स्ट मेनु, एप तथा फाइल एक्सप्लोररमा देख्न सकिन्छ।

यो विन्डोज ११ को शुरुवाती भर्सन भएकाले यीभन्दा धेरै फिचरहरु थप तथा परिवर्तित रुपमा देख्न सकिने आकलन गरिएको छ।

यसमा थुप्रै बिल्ट इन एपहरु पनि रहने अपेक्षा गरिएको छ। यस भर्सनको अधिकांश काम सकिएकोले छिट्टै विन्डोज इन्साइडरका लागि यसको बिटा भर्सन उपलब्ध हुन सक्नेछ।

माइक्रोसफ्टले विन्डोज १०एक्स लाई बजन्द गरे पनि यसका विभिन्न फिचरहरुलाई विन्डोज ११ मा प्रयोग गरेको छ। विन्डोज १०एक्स डुअल स्क्रीन डिभाइसका लागि डिजाइन गरिएको थियो जसमा भएका थुप्रै सुधारिएका फिचरहरु आउँदै गरेको विन्डोज ११ मा प्रयोग गरिएको हो।

easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार