दक्षिण कोरिया तथा ताइवानमा रहेका आफ्नो कार्यालयबाट ग्राहकका डाटा ह्याक भएको म्याक्डोनल्डको भनाइ

Technology Khabar २९ जेष्ठ २०७८, शनिबार

दक्षिण कोरिया तथा ताइवानमा रहेका आफ्नो कार्यालयबाट ग्राहकका डाटा ह्याक भएको म्याक्डोनल्डको भनाइ

काठमाडौं ।

अन्तरराष्ट्रिय बर्गर चेन म्याक्डोनल्डले शुक्रबार आफ्नो दक्षिण कोरिया तथा ताइवानमा रहेका शाखाहरुबाट ग्राहकका विवरण चोरी भएको बताएको छ।

यी देशहरुमा रहेका शाखाबाट ग्राहकका सम्वेदनशील डाटा ह्याक हुनुले साइबर अपराधीहरुलाई ह्याकिङका लागि आमन्त्रण गर्नुजत्तिकै रहेको पनि बताएको छ।

कम्पनीको नेटवर्कमा अनधिकृत गतिविधि भएको पाइएकाले अनुसन्धानका लागि बोलाइएका कम्पनी बाहिरका विज्ञहरुले घटनाका बारेमा अध्ययन गर्ने क्रममा यी दुई क्षेत्रका म्याकडोनल्डका शाखा कार्यलयहरुमा भएको यो घटनाको जानकारी प्राप्त भएको हो।

‘हामीहरुले पहिचान गर्नासाथ उक्त अनधिकृत पहुँचलाई बन्द गर्न सफल भयाैं,  हाम्रो अनुसन्धान  बाट थोरै फाइलहरुमा पहुँच पुर्याइएको निर्क्योल निकालिएको छ जसमध्ये केहीमा व्यक्तिगत विवरण पनि थिए’, म्याकडोनल्डले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

नियामकहरु तथा फाइलमा सूचीकृत ग्राहकलाई यसबारे जानकारी दिन कम्पनीले आवश्यक कदम चाल्ने बताएको छ।

केही समययत विश्वका केही ठूला तथा सम्वेदनशील कम्पनीहरुका साइबर हमला भएका र त्यसबाट लाखों यूजरका डाटा सार्वजनिक भएका छन्। हालैमात्र इन्धन कम्पनीमा भएको कोलोनियल ह्याक, विश्वकै सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी, तोशिबामा डार्क साइड र्यान्समवयर आक्रमण, अमेजनको यूरोपेली प्रतिस्पर्धी ग्लोभोको साइबर हमला तथा विश्वकै सबैभन्दा ठूलो गेमिङ कम्पनी ईए गेम्समा भएका साइबर हमलाहरुले अब विश्वमा भोतिक युद्धभन्दा साइबर युद्धको युग शुरु भएको संकेत गर्छन्।

म्याक्डोनल्डले अनुसन्धानबाट पत्ता लागेका तथ्यहरुलाई प्रयोग गरेर आफ्ना सुरक्षाका उपायहरु मजबुत बनाउने प्रयास गर्ने पनि बतैको छ।

यो पनि पढ्नुहोस्

सबैभन्दा ठूलो अनलाइन गेम कम्पनीमा साइबर आक्रमण, ह्याकरहरुद्धारा सोर्स कोड चोरी

ह्वावेले चीनमा खोल्यो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर

अमेरिकामा २० हजार भन्दा बढी संगठनहरूमा साइबर आक्रमण

easy care

प्रकाशित: २९ जेष्ठ २०७८, शनिबार