विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनीमा एउटा परिष्कृत साइबर हमला भएको छ।

जेबीएस नामक अमेरिकी कम्पनीमा कम्प्युटर नेटवर्क ह्याक गरिएको छ । जसले अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही अपरेसनहरू अस्थायी रूपमा बन्द भए भने हजारौं कामदारहरू प्रभावित भए।

‘कम्पनीले विश्वास गरेको छ कि र्यान्समवेयर आक्रमण सम्भवतः रूसमा रहेको एक अपराधिक समूहबाट भएको हो,’ ह्वाइट हाउसले भने।

सो साइबर आक्रमणले बजारमा मासुको अभाव हुन सक्छ वा उपभोक्ताहरूको लागि मूल्य बढाउन सक्छ।

एक र्यान्समवेयर आक्रमणमा, ह्याकरहरू एक कम्प्यूटर नेटवर्कमा प्रवेश गर्ने र फिरौतीका लागि भुक्तान नगरेसम्म अवरोध वा फाइल डिलिट गरिदिने धम्की दिन्छ।

ह्वाइट हाउसका अनुसार एफबीआईले साइबर आक्रमणको छानबिन गरिरहेको छ।

‘जेबीएसले सूचित गर्यो कि फिरौतीको माग सम्भवतः रूसमा रहेको आपराधिक संगठनबाट आएको हो,’ व्हाइट हाउसकी प्रवक्ता करिन जीन-पियरेले मंगलबार भनिन्।

कम्पनीले सोमबार यो आक्रमणको पहिचान हुने बित्तिकै सबै प्रभावित आईटी प्रणालीलाई स्थगित गरिएको र त्यसको ब्याकअप सर्भर ह्याक नभएको बताएको थियो ।

जेबीएस प्लान्टका कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनाइटेड फूड एण्ड कमर्शियल वर्कर्स युनियनले कम्पनीलाई कामदारहरूले अझै पिन आफ्नो तलब पाउनु सुनिश्चित गर्न आग्रह गरेको छ।

आईटी प्रणालीहरू आधुनिक मीट प्रोसेसिंग प्लान्टमा आवश्यक हुन्छन्, बिलिङ्ग र शिपिंग सहित धेरै चरणहरूमा कम्प्युटरहरू प्रयोग गरिन्छ।

यो साइबर आक्रमणबाट सुपरमार्केटहरु र म्याक डोनाल्डमा हुने मासु आपूर्तिमा असर गर्ने बताईएको छ । केहि समयअघि मात्र अमेरिकाकै कोलोनियल पाइपलाइनमा साइबर आक्रमण हुँदा करिब एक सातासम्म इन्धन आपूर्तिमा समस्या आएको थियो । त्यसमा पनि र्यान्समवेयर आक्रमणबाट नेटवर्क बन्द भएको थियो । पछि कम्पनीले केहि रकम फिरौती तिरेको थियो ।  एजेन्सी

easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

ताजा समाचार