तोशिबाको यूनिटमा डार्कसाइड र्यान्समवेयर समूहद्धारा साइबर आक्रमण

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

तोशिबाको यूनिटमा डार्कसाइड र्यान्समवेयर समूहद्धारा साइबर आक्रमण
Classic Tech

तोशिबा कर्पको यूरोपेली इकाईमा डार्कसाइड र्यान्समवेयर समूहले ह्याक गरेको कम्पनीले बताएको छ । ह्याकका कारण जापानी समूहका लागि रणनीतिक समीक्षाको घोषणालाई ओझेलमा पारेको छ।

‘तोशिबा टेक कर्प जसले बार कोड प्रिन्टर जस्ता उत्पादनहरू बनाउँदछ र यसको मूल्य २.३ अर्ब डलररहेको छ सो कम्पनीलाई डार्कसाइडले ह्याक गरेको थियो । यस समूहले हालसालैको कोलोनियल पाइपलाइन ह्याक गरेको विश्वास गरिएको छ,’ कम्पनीको फ्रान्सेली सहायक कम्पनीले भन्यो ।

तथापि, कामको डाटाको न्यूनतम मात्रा मात्र हराइएको कम्पनीले जानकारी दिएको छ ।

साइबर सुरक्षा विज्ञहरुकाअनुसार डार्कसाइडमा करीव ३० समूहहरू छन् जुन कम्पनीहरूमा जहिले पनि ह्याक गर्ने प्रयास गरिरहेका हुन्छन र उनीहरु यस पटक तोशिबामा सफल भए ।

साइबरसेक्यूरिटी फर्मले उपलब्ध गराएको डार्कसाइडको पोष्टको स्क्रीनशटमा ७४० गीगाबाइट भन्दा बढी डाटाहरुमा सम्झौता गरिएको थियो र यसमा पासपोर्ट र अन्य व्यक्तिगत जानकारी समावेश गरिएको थियो।

ह्याक भएलगत्तै डाटा सुरक्षा गर्न कम्पनीले यूरोप जापान बिचका नेटवर्कहरु डाउन गरेको छ । एजेन्सीहरु

TK Viber

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

Loading...