सामसङले सार्वजनिक गर्यो ५० मेगापिक्सेलको आईएसओसेल जेएन१ क्यामरा सेन्सर

Technology Khabar २८ जेष्ठ २०७८, शुक्रबार

सामसङले सार्वजनिक गर्यो ५० मेगापिक्सेलको आईएसओसेल जेएन१ क्यामरा सेन्सर

काठमाडौं ।

सामसङले हालै स्मार्टफोनका लागि ५० मेगापिक्सेलको आईएसओसेल जेन१ नाम गरेको नयाँ क्यामरा सेन्सर सार्वजनिक गरेको छ।

यसमा रहेकोएउटा पिक्सेलको आकार ०.६४ माइक्रोमिटर रहेको छ जुन सामसङले आजसम्म बनाएकोमध्ये सबैभन्दा सानो हो।

सम्पूर्ण सेन्सर भने १/२.७६ इन्चको रहेको छ। यो सेन्सर मध्यमस्तरदेखि फ्ल्यागशिप स्मार्टफोनसम्मका लागि बनाइएको हो।

यसमा अत्याधुनिक पिक्सेल आइसोलेशन तथा क्रश टक घटाउनका लागि आईएसओसेल २.० को प्रयोग गरिएको छ। यसमा रहेको उत्कृष्ट पदार्थले एक पिक्सेलबाट अर्कोमा रंग सर्न रोकेर प्रकाश सम्वेदनशीलतालाई अझ सुधार गर्ने अपेक्षा गरिएको छ।

आईएसओसेल जेएन१ मा टेट्रापिक्सेल प्रविधि प्रयोग गरिएको छ जसले १२.५मेगापिक्सेलको उज्याला तस्बिरका लागि पिक्सेलहरुलाई जोडेर एउटा १.२८ माइक्रोमिटरको ठूलो पिक्सेल बनाउँछ।

यसबाहेक यसले दुई ओटा एक्सपोजरमा फोटो खिचेर रियल टाइम एचडीआर इनेबल पनि गर्दछ।

यसले ६० फ्रेम प्रतिसेकेन्डमा फोरके तथा २४० फ्रेम प्रतिसेकेन्डमा १०८० पिक्सेलसम्मको भिडियो खिच्न सक्छ। तर यो स्मार्टफोनमा भएको चिपसेटमा निर्भर गर्छ।

आईएसओसेल जेएन१ व्यापक उत्पादनमा गइसकेकाले यसलाई सार्वजनिक हुन् धेरै समय नलाग्ने आकलन गरिएको छ।

easy care

प्रकाशित: २८ जेष्ठ २०७८, शुक्रबार