एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्समा के के सार्वजनिक भए?

Technology Khabar २५ जेष्ठ २०७८, मंगलवार

एप्पलको वार्षिक डेभलपर्स कन्फ्रेन्समा के के सार्वजनिक भए?

काठमाडौं ।

एप्पलले सोमबारबाट आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स शुरु गरेको छ। कन्फ्रेन्सको पहिलो दिन कम्पनीले आईओएस १५, आईप्याडओएस १५, वाचओस ८, म्याकओएस १२ मोन्टेरे लगायतका थपिएका फिचरहरुमा जोड  दिँदै आफ्नो सफ्टवयर प्लेटफर्ममा आउँदै गरेका परिमार्जनहरु सार्वजनिक गरेको छ।

उक्त इभेन्टमा निम्नलिखित सफ्टवयरसँग सम्बन्धित अपडेटहरुको जानकारी दिइएको थयो।

आईओएस १५

  • फेसटाइम

एप्पलले आईओएस १५ मा फेसटाइममा सुधार गरेर आईप्याडओएस तथा म्याकओएस मोन्टेरेमा पनि उपलब्ध गराउने भएको छ। यसमा नयाँ पोर्ट्रेट मोडले कल गरेका बेला ब्याकग्राउन्ड ब्लर गर्न सकिन्छ। यसमा रहेको स्पाटियल भ्वाइस फिचरले यूजरको आवाजलाई अन्य हल्लाबाट छुट्याउँछ।

  • फोकस तजा नोटिफिकेशन

आईओएस १५ मा नयाँ फिचर फोकस थपिएको छ। यसले यूजरहरुलाई नोटिफिकेशन फिल्टर गर्न, आफ्नो अनुपलब्धताको जानकारी दिन लगायतका सुविधा प्रदान गर्छ।

यसले यूजरलाई दिनको विभिन्न समय अनुसारका होस स्क्रीन राख्न मद्दत गर्छ। नोटिफिकेशन पनि पुन: डिजाइन गरिएको छ। यसमा नोटिफिकेशन समरी दिइएको छ जसले बिहान बेलुका का गतिविधि समेटेर यूजरलाई जानकारी दिन्छ।

  • एप्पल म्याप्स

एप्पलम म्यापमा पनि केही परिवर्तन गरिएका छन्। व्यापारिक शहर तथा भवनहरुका अझ गहिरो र स्पष्ट विवरणका लागि यसमा नयाँ डिजाइन अपडेट गरिएको छ। यसबाहेक केही निश्चित दिशालगायतका ट्रान्जिट फिचर पनि राखिएका छन् 

  • वेदर एप

कम्पनीले यूजरका ठाउँ अनुसार लेआउट परवर्तन हुने गरी नयाँ डिजाइन गरेर वेदर एप ल्याएको छ। यसमा केही समयमा हुनसक्ने वर्षा हिमपात आदिका एनिमेटेड ब्याकग्राउन्ड पनि राखेको छ।

आईप्याडओएस१५

  • विजेट तथा एप लाइब्रेरी

अबदेखि विजेटहरु होम स्क्रीनको साइडमा रहेको टुडे भ्यूमा मात्र नभइ सबै एप आइकनमा पनि रहनेछ। यसबाहेक कम्पनीले आईप्याडका लागि पहिलोपटक एप लाइब्रेरी ल्याएको छ। यो लाइब्रेरी सबै एपको पहुँच हुनेगरी डकमा बस्नेछ।

  • मल्टि टास्किङ

आईप्याडओएसमा अब एकैपटक एक भन्दा बढी काम गर्न सकिने भएको छ। यो आईप्याडओएस १४ मा भएजस्तै छ। मल्टि टास्किङ मेनु एपहरुको माथि देखिनेछ र यसले यूजरलाई स्प्लिट भ्यू गर्न वा सोझै मेनुबाट स्लाइड गर्न सक्नेछन्।

  • आईप्याडका लागि ट्रान्सलेट

अब आईप्याडका लाग कम्पनीले पहिलो पटक ट्रान्सलेट फिचर थपेको छ। यो गता वर्ष आईओएस १४ मा आएको र अब भने आईप्याडओएसमा पनि राखिएको हो। अब आईप्याडबाटै हातले लेखेका र टाइप गरिएका शब्द तथा वाक्यहरु अनुवाद गर्न सकिन्छ।

म्याकओएस मोन्टेरे

  • शर्टकट तथा टेस्टफ्लाइट एप

म्याकओएस १२ मोन्टेरे सार्वजनिक भएको र कम्पनीले पहिलो पटक म्याकका लागि शर्टकट अटोमेशन एप उपलब्ध गराएको छ।

  • युनिभर्सल कन्ट्रोल

यसले यूजरहरुलाई एउटै माउस र कीबोर्डबाट म्याक र आईप्याड दुवै चलाउन इजाजत दिन्छ। यसमार्फत् एउटा डिभाइमा भएका सामग्री ड्रयाग गरेर अर्कोमा ड्रप गर्न पनि सकिन्छ।

  • सफारी

कम्पनीले सफारीमा नयाँ डिजाइनसहित स्क्रोल गर्दा धेरै ट्याब देखिने सुविधासहितको ब्राउजिङ अनुभव प्रदान गर्ने भएको छ। एउटा नयाँ ट्याब बारमा ट्याब, टूलबार तथ सर्ज फिल्ड पनि रहनेछ।

ट्याब ग्रुपले सजिलै ट्याबहरु सेभ तथा व्यवस्थापन गर्न सहयोग गर्छ। ट्याबग्रुप म्याक, आईफोन तथा आईप्याडमा सजिलै सिंक गर्न सकिन्छ।

  • म्याकका लागि एयरप्ले

म्याकओएस मोन्टेरेमार्फत् अब म्याक एयरप्लेको टार्गेट बन्छ र कुनै पनि अन्य एप्पल डिभाइसबाट आफ्नो म्याकमा भिडियो डिस्प्ले गराउन सकिन्छ।

वाचओएस८

वाचओएस८ मार्फत् कम्पनीले ब्रिद एपको नयाँ भर्सन माइन्डफुलनेस ल्याएको छ। फोटोज एप तथा फोटोज वाच फेसमा उल्लेख्य अपडेट भएको छ।

अब फोटोहरु वाचबाटै मेसेज र मेल गर्न सकिनेछ।यसको पहिलो बिटा भर्सन अहिले डेभलपर बिटा टेस्टरहरुका लागि उपलब्ध गराइएको छ। केही समयपछि पब्लिक बिटा आउने जनाइएको छ। यसको स्थायी भर्सन भने अक्टोबरपछि मात्र उपलब्ध गराइने बुझिएको छ।

  • आईकलाउड+

सोमबार सार्वजनिक भएको अर्को उल्लेख्य फिचर आईक्लाउड+ हो। यसमार्फत् प्राइभेट रिले तथा हाइड माइ मेलजस्ता गोपनीयता सुविधा प्रदान गर्नेछ।

आईक्लाउड+ मा अनगिन्ति होमकिट सेक्योर भिडियो क्यामरा पनि समावेश गरिएको छ। हाल प्रति एकाउन्ट ५ ओटा क्यामरा मात्र चलाउन मिल्छ। यो सीमा आईक्लाउड+ ले हटाएको छ।

easy care

प्रकाशित: २५ जेष्ठ २०७८, मंगलवार

ताजा समाचार