वनप्लस ९आरमा ब्याट्री नटिक्ने समस्या समाधानका लागि हटफिक्स अपडेट

Technology Khabar २३ जेष्ठ २०७८, आईतवार

वनप्लस ९आरमा ब्याट्री नटिक्ने समस्या समाधानका लागि हटफिक्स अपडेट

काठमाडौं ।

वनप्लसले आफ्नो वनप्लस ९आर मोडलको स्मार्टफोनमा ब्याट्री नटिक्ने समस्या समाधानका लागि हटफिक्स उपलब्ध गराउने भएको छ।

केही दिनअघि मात्रै कम्पनीले वनप्लस ९ सिरिजका लागि ठूलो अपडेट सार्वजनिक गरेर हालसम्म देखिएका क्यामरा, सफ्टवयर तथा ब्याट्रीको समस्या समाधान गरेको थियो।

तर वनप्लस ९आर डिभाइसमा अक्सिजनओएस ११.२.६.६ को अपडेट खासै उपलब्धीपूर्ण हुन सकेन र यसले गर्दा ब्याट्री नटिक्ने समस्या निम्तियो।

त्यसै समस्यालाई मध्यनजर गर्दै कम्पनीले अक्सिजनओएस ११.२.३.३ हटफिक्स ल्याएको बुझिएको छ।

यसको चेन्जलग थोरै भए पनि यसले तोकिएको समस्या समाधान गर्ने कम्पनीको विश्वास छ। कम्पनीले यो अपडेट चरणबद्ध रुपमा आउने भएकाले सबै वनप्लस ९आर डिभाइसहरुमा पुग्न केही समय लाग्ने बताएको छ। यसको फाइल साइज पनि १०६ एमबी हाराहारी मात्रै रहेको छ।

easy care

प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार