डाइमेन्सिटी ९०० रहेको ओपोले गीकबेन्चमा स्न्यापड्रागन ७५०जी र ७६५जीलाई उछिन्यो

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

डाइमेन्सिटी ९०० रहेको ओपोले गीकबेन्चमा स्न्यापड्रागन ७५०जी र ७६५जीलाई उछिन्यो

काठमाडौं ।

हालै मिडियाटेकको नयाँ डाइमेन्सिटी चिपसेट ओपोको रेनो६ फाइभीमा प्रयोग भएको छ। हालै उक्त चिप ओपो सीपीएच२२५१ गीकबेन्चको स्कोर परीक्षणमा भेटिएको थियो।

हालै घोषणा भएको मध्यमस्तरको डाइमेन्सिटी ९०० चिपसेटको गीकबेन्चको स्कोर निकै चाखलाग्दो थियो। यो ६एनएम प्रोसेसमा बनेको चिपसेट हो जसमा दुई ओटा कर्टेक्स-ए७८ २.४ गिगाहर्ज, एउटा माली-जी६८ एमसी४ जीपीयू तथा एउटा फाइभजी मोडम समावेश गरिएको छ।

तर स्न्याड्रगनको ६ एनएम प्रोसेसमा बनेको मध्यमस्तरको चिप ७७८जी को स्कोर भने पाइएन। बरु ५ एनएम प्रोसेसमा बनेको हाइ-इन्ड ७८० जी लगायत केही पुराना चिपको पनि स्कोर उपलब्ध थियो।

शुरुवाती नतिजा अनुसार डाइमेन्सिटी ९०० सीपीयू स्न्यापड्रागन ७५०जी र ७६५जी तथा यसअघिका साना डाइमेन्सिटी चिपभन्दा द्रुत देखियो।

easy care

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार