सामसङ ग्यालेक्सी ट्याब ८.० मा एन्ड्रोइड ११ मा आधारित वन यूआई कोर ३.१ अपडेट उपलब्ध

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

सामसङ ग्यालेक्सी ट्याब ८.० मा एन्ड्रोइड ११ मा आधारित वन यूआई कोर ३.१ अपडेट उपलब्ध

काठमाडौं ।

सन् २०१९ मा घोषणा गरिएको एन्ड्रोइड ९ पाइ अपरेटिङ सिस्टमयुक्त सामसङ ग्यालेक्सी ट्याब ए ८.० मा कम्पनीले एन्ड्रोइड ११ मा आधारित वन यूआई कोर ३.१ अपडेट सार्वजनिक गरेको छ।

यो यूआई वन यूआई ३.१ को हलुका भर्सन हो।

यो अपडेट रिडिजाइन गरिएको यूआई, सुधारिएको पर्फर्मेन्स तथा अझै राम्रो कस्माइजेशनसहित आएको छ। यसबाहेक २०२१ एन्ड्रोइड सेक्युरिटी प्याचसहित उपलब्ध यो भर्सनमा अब्बल सामसङ कीबोर्ड तथा गोपनीयता सुरक्षाजस्ता विशेषता पनि थपिएका छन्।

वन यूआई कोर ३.१ अपडेटको फर्मवयर पी२०५डीएक्सयू५सीयूई२ रहेको छ भने यसको साइज १.६ जीबी रहेको छ। हाललाई यो फिलिपिन्सको एलटीई भेरेयन्ट एसएम-पी२०५ मा अपडेट भइरहेको र छिट्टै अन्य देशमा पनि उपलब्ध हुने बुझिएको छ।

easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार