बजार हिस्सा बढेसँगै पहिलो त्रैमासमा शाओमीको नाफा दोब्बरभन्दा बढी

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

बजार हिस्सा बढेसँगै पहिलो त्रैमासमा शाओमीको नाफा दोब्बरभन्दा बढी

काठमाडौं ।

शाओमीले आफ्नो पहिलो त्रैमासको आम्दानी खर्चको विवरण हालै प्रकाशित गरेको छ। मार्च मसान्तसम्मको रिपोर्टमा कम्पनीको नाफा उल्लेख्य मात्रामा बढेको छ।

कम्पनीले गत वर्षको सोही अवधिको भन्दा ५४.७ प्रतिशतले वृद्धि भएर ७६.९ अर्ब युआन पुगको छ। यसबाट ६.१ अर्ब युआन खुद नाफा भएको देखिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १६३.८ प्रतिशतले बढी हो।

कम्पनीले यो अवधिमा ४ लाख ९४ हजार थान स्मार्टफोन बिक्री गरेर साढे ५१ अर्ब युआन आम्दानी गरेको थियो जुन अघिल्लो वर्षको भन्दा ६९.८ प्रतिशतले बढी हो। यसबाट खुद नाफा १२.९ प्रतिशतले बढेको थियो।

यसको एमआईयूआईका ग्राहक अघिल्लो वर्ष ३ अर्ब ३१ करोड ‍थपिएर विश्वभरमा ४ अर्ब २५ करोड पुगेका कम्पनी को दावी छ। क्यनालिसिसको तथ्याङ्क अनुसार यो विश्वमै तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ। यो चीनमा पनि १४.६ प्रतिशत बजार हिस्सासहित चोथो नम्बरमा रहेको छ।

कम्पनीको वैदेशिक आर्जन ५०.६ प्रतिशतले बढेर ३७ अर्ब ४० करोड युआन पुगेको छ। यो ब्रान्ड १२ देशमा पहिलो नम्बरमा तथा ६२ देशमा उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ। रुसमा ३२.१ तथा स्पेनमा ३५. १ प्रतिशत बजार हिस्साका साथ १ नम्बरमा, इटलीमा दुई नम्बरमा साथै फ्रान्स तथा जर्मनीमा तेस्रो नम्बरमा पर्न सफल भएको छ।

समग्रमा शाओमी ब्रान्ड पूर्वी यूरोपमा पहिलो तथा पश्चमी यूरोपमा तेस्रो नम्बरमा रहेको छ।

भारतमा २८.८ प्रतिशत बजार ओगट्दै यसले राम्रो नेतृत्व गरिरहेको छ भने ल्याटिन अमेरिकामा पनि ११.५ प्रतिशतको बजार हिस्साहित तेस्रो नम्बरको ब्रान्ड भएको छ। शाओमी मध्य पूर्वमा पनि तेस्रो तथा अफ्रिकामा चोथो नम्बरमा रहन सफल भएको छ।

easy care

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार