सामसङद्वारा टीभीको पनि काम गर्ने स्मार्ट मनिटरका विभिन्न साइज घोषणा

Technology Khabar १० जेष्ठ २०७८, सोमबार

सामसङद्वारा टीभीको पनि काम गर्ने स्मार्ट मनिटरका विभिन्न साइज घोषणा

काठमाडौं ।

सामसङले टाइजन अपरेटिङ सिस्टमयुक्त नयाँ २४ र ४३ इन्चका स्मार्ट मनिटरको घोषणा गरेको छ। ४३ इन्चको एम७ मोडलको रेजोल्युशन फोरके तथा २४ इन्चको एम५ मनिटरको १०८० पिक्सेल अर्थात् फुल एचडी हुने बुझिएको छ।

यी दुई साइज कम्पनीको हालसम्म बजारमा उपलब्ध मनिटरहरुका हिसाबले सबैभन्दा ठूलो र सबैभन्दा सानो हुनेछन्। सामसङले गत वर्ष काम तथा मनोरञ्जन दुवैका लागि हुनेगरी स्मार्ट मनिटर सार्वजनिक गरेको थियो।

यी मनिटरहरुमा बिल्ट-इन-स्पिकर तथा सामसङको टाइजन अपरेटिङ सिस्टममार्फत् स्मार्ट टीभीको फङ्शन पनि उपलब्ध छ। यसमा रहेका रिमोट कन्ट्रोलले एलेक्सा, गुगल असिस्टेन्ट तथा बिक्सीजस्ता डिभाइस सपोर्ट गर्छ भने ग्यालेक्सी स्मार्टफोनमा उपलब्ध डीएक्स फिचर पनि सपोर्ट गर्छ।

अब यी सहित एम७ सिरिजमा ४३ र ३२ इन्चका फोरके तथा एम५ सिरिजमा २४ २७ तथा ३२ इन्चका फुल एचडी रेजोल्युशनका मनिटर हुने भएका छन्।

यी नयाँ मोडलका मूल्य सार्वजनिक भइसकेका छैनन् भने यसअघिका ३२ इन्चको एम७ ३९९ डलर तथा २७ इन्चको एम५ २२९ डलरमा बिक्रीका लागि उपलब्ध गराइएका थिए।

easy care

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

ताजा समाचार