रियलमीको ‘क्विकसिल्भर’ स्मार्टफोनमा स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेट रहने

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

रियलमीको ‘क्विकसिल्भर’ स्मार्टफोनमा स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेट रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले हालै क्वालकम स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेटयुक्त स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ।

कम्पनीले आफूले ७७८जी फाइभजी चिपसेटसहित ल्याउने भनेको स्मार्टफोनका बारेमा अन्य कुनै विवरण नखुलाए पनि यसको कोडनेम क्विकसिल्भर रहने तथा यो जीटी मोडमा उपलब्ध हुने भएकाले पर्फर्मेन्शका लागि कूलिङ सिस्टम सहित आउने भने बताएको छ।

स्न्यापड्रागन ७७८जी फाइभजी चिपसेट ताइवानको चिप उत्पादक कम्पनी टीएसएमसीमा ६ एनएम प्रोसेसमा बनेको हो। यसमा २.४ गिगाहर्जको क्राइयो ६७० (ए७८) एउटा, २.२ गिगाहर्जको क्राइयो ६७० (ए७८) तीन ओटा तथा ६७० ए५५ क्राइयो ४ ओटा गरी कूल ८ कोर रहेका छन् र यसले १.९ गिगाहर्जको अधिकतम आउटपुट दिने कम्पनीको दावी छ।

यो चिपसेटमा गेमिङ तथा भिडियो एडिटिङका लागि सहज बनाउन एड्रिनो ६४२एल जीपीयू राखिएको छ भने इन्टिग्रेटेड स्न्यापड्रागन एक्स५३ फाइभजी मोडेम-आरएफले एमएमवेभ तथा सब-६ फाइभजी कनेक्टिभिटी इनेबल गर्ने जनाइएको छ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार