छ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स नदिए विश्वभर फाइभजीको भविश्य जोखिममा: जीएसएमए

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

छ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स नदिए विश्वभर फाइभजीको भविश्य जोखिममा: जीएसएमए
सांकेतिक

काठमाडौं ।

सरकारहरुलाई ६ गिगाहर्ज स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभजीको ग्लोबल भविष्य जोखिममा हुने जीएसएमएले बताएको छ ।

फाइभजीको पूर्ण गति र क्षमता ६ गिगाहर्ज मिड–ब्यान्ड स्पेक्ट्रममा निर्भर गर्दछ । अझै सरकारहरू विचलित भइरहेका छन्स् चीनले फाइभजी को लागि ६ गिगाहर्ज ब्यान्डमा सम्पूर्ण १२०० मेगाहर्जको प्रयोग गर्नेछ ।

युरोपले ब्यान्डलाई विभाजित गरेको छ, माथिल्लो भाग फाइभजी को लागि राखियो तर नयाँ ५०० मेगाहर्ज ट्रान्च वाइफाइको लागि उपलब्ध छ । अफ्रिका र मध्य पूर्वका केहि देशहरुले पनि यस्तै दृष्टिकोण अपनाइरहेका छन् ।

अर्को चरममा, अमेरिका र धेरै लाटिन अमेरिकाले घोषणा गरेको छ कि यो बहुमूल्य रिसोर्सहरु मध्ये कुनै पनि फाइभजीको लागि उपलब्ध हुने छैन, बरु वाइफाइ र अन्य लाइसेन्सविहीन टेक्नोलोजीहरुलाई प्रदान गरिने छ ।

६ गिगाहर्ज ब्यान्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरहरूको लागि मात्र नभई स्मार्ट शहर, यातायात र कारखानाहरूको लागि डाटा गति र क्षमता पुर्‍याउन पनि आवश्यक छ ।

फाइभजी नेटवर्कलाई यसको पूर्ण क्षमता पुग्न मिड–ब्यान्ड स्पेक्ट्रमको २ गिगाहर्ज आवश्यक पर्ने अनुमान गरिएको छ।

‘फाइभजीसँग विश्वको जीडीपी २.२ ट्रिलियन डलरले बढाउन सक्ने ताकत छ,’ जीएसएमएका मुख्य नियामक अधिकारी जोन गियोस्टीले भने, ‘तर यदि पर्याप्त ६ गिगाहर्ज स्पेक्ट्रम फाइभजीको लागि उपलब्ध छैन भने यस बृद्धिलाई जोखिम छ । यस महत्वपूर्ण पूर्वाधारमा व्यापक र दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न स्पष्टता र निश्चितता आवश्यक छ ।’

२०२३ मा भएको विश्व रेडियो संचार सम्मेलनले विश्वकै ठूलो भागमा ६ गिगाहर्ज ब्यान्ड हार्मोनाइज गर्ने अवसर प्रदान गरी इकोसिस्टमको विकासमा सहयोग पुर्‍याउने छ ।

फाइभजीले सबै उद्योग र क्षेत्रहरूको डिजिटल रूपान्तरणको गति बढाइरहेको छ जसले नयाँ इनोभेसनको बहावलाई पैदा गरी अरबौंलाई फाइदा पुर्‍याउँछ ।

यो प्रविधि वातावरण र जलवायुका लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि कनेक्टिभिटिले कार्बनलाई प्रतिस्थापन गर्दछ । सबै प्रयोगकर्ताहरूसम्म पुग्नको लागि, उद्योगहरूलाई ६ गिगाहर्ज ब्यान्डले दिने अतिरिक्त क्षमताको आवश्यक पर्दछ ।

त्यसैले, जीएसएमएले यी कारणले सरकारहरूलाई आह्वान गर्दछः

  • कम्तिमा ६४२५–७१२५ मेगाहर्ज फाइभजी लाईसेन्सको लागि उपलब्ध हुनपर्छ
  • ब्याकहल सेवाहरू सुनिश्चित गर्नु पर्छ
  • देशहरूको आवश्यकता, निर्बाध प्रयोग र फाइबर फुटप्रिन्टमा निर्भर रहँदै, ६ गिगाहर्ज रेन्जको तल्लो आधा भागको ५९२५–६४२५ मेगाहर्ज लाइसेन्स–छुट आधारमा टेक्नोलोजी तटस्थ नियमहरूको साथ खोल्न सकिन्छ ।

जीएसएमएले एरिक्सन, ह्वावे, नोकिया र जेडटिई को साथ एक भनाइ सार्बजनिक गरेको छ जुन फाइभजीको भविष्यको लागि ६ मेगाहर्ज ब्यान्डको महत्व बारे थप विवरण प्रदान गर्दछ ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार