रियलमी जीटी निओ फ्ल्याश एडिशन मे २४ मा सार्वजनिक हुने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

रियलमी जीटी निओ फ्ल्याश एडिशन मे २४ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले स्न्यापड्रागन ८८८ चिपसेटयुक्त जीटी फ्ल्यागशिप स्मार्टफोन मार्चको पहिलो हप्ता सार्वजनिक गरेको थियो।

त्यसको केही समयपछि कम्पनीले जीटी निओ एडिशन पनि बजारमा उपलब्ध गरायो। यसै क्रममा आगामी मे २४ का यसैको अर्को नयाँ भर्सन रियलमी जीटी निओ फ्ल्याश एडिशन सार्वजनिक गर्ने भएको छ।

कम्पनीले चिनियाँ सामाजिक सञ्जाल वेबोमा एउटा पोस्ट गर्दै आगामी मे २४ का दिन स्थानीय समय अनुसार साँझको ७ बजे रियलमी जीटी निओ फ्ल्याश एडिशन सार्वजनिक गर्ने आधिकारिक जानकारी दिएको छ।

यसै इभेन्टमा यसका बारेमा सम्पूर्ण आधिकारिक जानकारी दिइने पनि बताइएको छ।

यसमा यसअघिका भर्सनभन्दा फास्ट चार्जिङ सपोर्टमात्र भिन्न भएको बुझिएको छ। जीटी निओमा ५० वाट सम्ममा चार्ज हुन्थ्यो भजे निओ फ्ल्याशमा भने ६५ वाटसम्म पुग्नेछ।

तर हालसम्म बाहिरिएको अपुष्ट जानकारी अनुसार यसमा डाइमेन्सिटी १२०० चिपसेट रहने, ६.४३ इन्चको फुल एचडी+ एमोलेड स्करीन रहने साथै ४५०० एमएएच क्षमताको साथमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहने बुझिएको छ।

यसका साथै पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्य तथा क्रमश: ८ र २ मेगापिक्सेलको अल्ट्रावाइड र म्याक्रो सेन्सरका साथमा अगाडि १६ मेगापिक्सेलको सेल्फी क्यामरा रहने पनि बुझिएको छ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

ताजा समाचार