लेनोभोको ट्याब एम१० फाइभजीको विवरण बाहिरियो

Technology Khabar २६ बैशाख २०७८, आईतवार

लेनोभोको ट्याब एम१० फाइभजीको विवरण बाहिरियो

काठमाडौं ।

लेनोभोले आफ्नो नयाँ ब्याचको ट्याब्लेटमा काम गरिरहेको खुलेको छ। दुई दिनअघि हालसम्म घोषणा नभइकेको योगा प्याड प्रो को विवरण लीक भएको छ जसअनुसार यसमा एचडीएमआई इनपुट सपोर्ट रहने बुझिएको छ।

यसको नाम अनुसार नै ट्याब एम१० फाइभजी १० इन्चको मध्यम मूल्य स्तरको हुने आकलन गरिएको छ। यसको गुगल प्ले कन्सोलमा एउटा छुट्टै पेज रहेको पनि बुझिएको छ भने यसको मोडल नम्बर टीबी-एक्स६०७जेड रहनेछ।

विवरणमा उक्त प्याडमा क्वालकमको स्न्यापड्रागन एसएम६३५० चिपसेट लगाइएको हुनेछ भने यसमा इन्टिग्रेटेड फाइभजी मोडम लगाइएको हुनेछ। यो मोडलको चिपसेटको नाम स्न्यापड्रागन ६९० फाइभजी हो र यो ८ एनएम प्रोसेसमा बनाइएको हो।

यसअघिको ट्याब एम१० मोडलमा मिडियाटेकको हिलियो पी२२ चिपसेट लगाइएको थियो।

अब आउँदै गरेको मोडलमा ६ जीबी र्याम तथा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहने छ। यसको मूल्य तथा उपलब्धताका बारेमा कुनै खुलासा गरिएको छैन।

easy care

प्रकाशित: २६ बैशाख २०७८, आईतवार