गुगल असिस्टेन्टमा थपिए परिवारका लागि नयाँ फिचरहरु

Technology Khabar २४ बैशाख २०७८, शुक्रबार

गुगल असिस्टेन्टमा थपिए परिवारका लागि नयाँ फिचरहरु

काठमाडौं ।

यही आइतबार अमेरिकी आमा दिवसका अवसर पारेर गुगलले आफ्नो असिस्टेन्ट सेवामा नयाँ फिचरहरु थप्ने भएको छ।

माउन्टेन भ्यू कम्पनीले एक विज्ञप्ति जारी गर्दै स्मार्टफोन लगायत नयाँ सिर्जना गरिएको गुगल फ्यामिली ग्रुपमा आफ्नो ब्रोडकास्टलाई विस्तार गर्न लागेको जनाएको छ भने फ्यामिली बेलमा पनि नयाँ भाषाहरु थपिने भएका छन्।

यसबाहेक यसमा  थुप्रै स्टोरी, गेम तथा केही इस्टर एन पनि थपिएका छन्।

आजैबाट शुरु हुने ब्रोडकास्ट अर्को कोठामा भएको गुगल होम डिभाइसमा मात्र नभइ एन्ड्रोइड र आईओएस डिभाइसमार्पत् यूजरहरुमा उपलब्ध हुने बताइएको छ। यसलाई प्रयोग गर्दा एक यूजरले ‘हे गुगल, मेरो परिवारलाई आज हामी सबै बसेर खाजा खाने सूचना देउ है’ भन्यो भने उक्त सूचना परिवारका सबै सदस्यले सुन्ने र आवश्यकता परेमा अवाजमै जवाफ दिन पनि सक्नेछन्।

यसै गरी फ्यामिली बेलको प्रयोग अलार्म सेट गरेको जस्तै हिसाबले गर्न सकिन्छ तर यो एक घरभित्र मात्र सीमित हुन्छ। यसमा यूजरले आफ्ना बालबालिकाहरुलाई सरसफाइका लागि तथा गृहकार्य गर्नका लागि अंग्रेजी भाषामा मात्र रिमाइन्डर राख्न सक्छन्।

easy care

प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार

ताजा समाचार