एप्पलमाथि प्रतिस्पर्धा विरोधी एप नीतिहरु लागू गरेको आरोप

Technology Khabar १८ बैशाख २०७८, शनिबार

एप्पलमाथि प्रतिस्पर्धा विरोधी एप नीतिहरु लागू गरेको आरोप

काठमाडौं ।

एप्पलले यसको एप स्टोर चलाउने तरीकाले ईयूको प्रतिस्पर्धा नियम तोडेको आरोप लगाइएको छ ।

युरोपेली आयोग एन्टी ट्रस्ट नियामक मार्गरेट भेस्टगरले ट्वीट गर्दै भनिन ‘उपभोक्ता हराइरहेका छन्।’

यो दुई वर्ष पहिले संगीत स्ट्रिमिङ्ग एप स्पोटीफाईद्वारा लगाईएको आरोपसंग सम्बन्धित छ जसमा एप्पलले  उद्योगमा नवप्रवर्तनलाई रोकिरहेको छ भनेर दाबी गर्‍यो।

यदि यसको जिकिरहरुमा नियामकर्ताहरु सहमत छैन भने एप्पलले ठूलो जरिवानाको सामना गर्नुपर्ने छ र यसको नीतिहरु परिवर्तन गर्न बाध्य हुन सक्छ ।

यसअघि यसले कुनै पनि गलत कार्य गरेको विषयलाई इन्कार गरेको थियो ।

यसको एप स्टोर नीतिहरूले कसरी संगीत स्ट्रिमिङ्गलाई असर गर्छ भनेर केस विशेष रूपमा हेरिएको थियो । सबैभन्दा पहिले आरोप सन् २०१९ मा स्पोटिफाईका सह संस्थापक डेनियल एकद्वारा दायर गरिएको थियो, जसमा एप्पलले छनौटलाई सीमित गरेको र नवीनतालाई रोकिरहेको बताएका थिए।

‘एप्पलको नियमले प्रतिस्पर्धी संगीत स्ट्रिमिङ्ग वा एप डेभलपरहरूको लागत बढाएर संगीत स्ट्रिमिङ्गको लागि बजारमा प्रतिस्पर्धालाई विकृत गर्दछ । यसको फलस्वरूप उपभोक्ताहरूको आईओएस उपकरणमा उनीहरूको इन-एप संगीत सदस्यताको लागि उच्च मूल्य हुन्छ।’ इयूले विज्ञप्तीमा भनेको छ ।

यसको उत्तरमा, एप्पलले भने स्पोटिफाईका ९९ प्रतिशत सदस्यताहरुबाट कुनै कमिसन नपाएको दाबी गरेको छ । एजेन्सी

easy care

प्रकाशित: १८ बैशाख २०७८, शनिबार

ताजा समाचार