सामसङको २०० मेगापिक्सेलको क्यामरा प्रयोग गर्ने शाओमी पहिलो कम्पनी हुने

Technology Khabar १४ बैशाख २०७८, मंगलवार

सामसङको २०० मेगापिक्सेलको क्यामरा प्रयोग गर्ने शाओमी पहिलो कम्पनी हुने

काठमाडौं ।

सामसङको पहिलो २०० मेगापिक्सेलको पहिलो प्रयोग शाओमीले गर्ने भएको छ।

केही समय अघि सामसङले १०० मेगापिक्सेलमाथिको पहिलो आईएसओसेल क्यामरा सार्वजनिक गर्दा शाओमीले नै यसलाई पहिलोपटक प्रयोग गरेको थियो। अब २०० मेगापिक्सेलमा पनि त्यही क्रम दोहोरिने देखिएको छ।

डिजिटल च्याट स्टेशनले वेबोमा गरेको पोस्टमा यो विवरण दिइए पनि उक्त क्यामरायुक्त डिभाइस कहिले सार्वजनिक हुन्छ भन्ने चाहिँ जानकारी दिइएको छैन। वेबोमै आइस यूनिभर्सले एउटा पोस्ट गर्दै उक्त २०० मेगापिक्सेलको सेन्सर ०.६४ माइक्रोमिटरको हुने जनाएको छ।

easy care

प्रकाशित: १४ बैशाख २०७८, मंगलवार